राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच सोमबार भेटवार्ता भएको छ ।
दसैँका लागि दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले ६३ लाख बढी मूल्यको खसीबोका खरिद गरेको छ ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार उषा भण्डारीलाई फेवा एजुकेसन एण्ड माइग्रेसनले आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
भारी वर्षाका कारण मेची राजमार्गस्गिथत इलामको माइखोला नजिक राजदुवाली खण्ड क्षतिग्रस्त भई सवारी आवतजावत बन्द भएपछि विराटनगर दुग्ध विकास आयोजनाका दुई वटा चिस्यान केन्द्रबाट एक सातादेखि दुध ढुवानी हुन सकेको छैन ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै निधन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतकाे क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा आज विभिन्न मन्त्री र उच्च अधिकारीसँग छलफल गर्नुभएको छ ।
धनगढी क्रिकेट एकेडेमी (डिसिए) का मात्र ६ जना खेलाडी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध भएका छन् ।
सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा तीन महिनापछि यातायातका साधन सञ्चालनमा आएका छन् ।
मोरङको पथरीशनिश्चरे–१ मा असोज ५ गते देखि १२ गते सम्म सञ्चालन भएको प्रथम इन्ट्रा अन्तराष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता २०८१ सञ्चालनबाट १० लाख ८३ हजार ७७७ रुपियाँ बचत भएको छ ।
भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्या र उपकरणसहित अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
पुतलीबजार नगरपालिका–१२ पेल्काचौरमा दशैँ पूर्णिमाको अवसरमा पुरुष तथा महिला भलिबल हुने भएको छ ।
काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको हाे ।
कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले कोशी प्रदेशमा बाढी पहिरोबाट खानेपानी तर्फ १७ करोड र सिँचाइ तर्फ १४ करोड रुपियाँको क्षति भएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारु आयोग र मुस्लिम आयोगले आर्थिक वर्ष २०८०-०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अङ्कले उकालो लागेर दुई हजार ६९० दशमलव ७२ मा पुगेको छ ।