• २१ असोज २०८१, सोमबार

पेल्काचौरमा पुरुष तथा महिला भलिबल हुने

blog

अर्जुन काफ्ले

स्याङ्जा, असोज २१ गते । पुतलीबजार नगरपालिका–१२ पेल्काचौरमा दशैँ पूर्णिमाको अवसरमा पुरुष तथा महिला भलिबल हुने भएको छ । 

हाम्रो गौरव, हाम्रो पौरख हाम्रो पेल्काचौर भन्ने मूल नाराका साथ मनकामना युवा क्लब पेल्काचौरद्वारा कार्तिक १ देखि ६ गतेसम्म प्रतियोगिता आयोजना गरेको हो । 

दशैँ पूर्णिमा मेलाको आकर्षणका रुपमा पुरुष तथा महिला भलिबल प्रतियोगिताका साथमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने क्लबका अध्यक्ष राजेन्द्र शर्माले बताउनुभयो । 

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, द्वितीयले ६० हजार र तृतीय हुनेले ४० हजार रुपियाँ पुरस्कार नगद सहित कप, मेडल र प्रमाणपत्र हात पार्ने छन् । 

यस्तै महिला भलिबलमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष शर्माले बताउनुभयो । 

पुरुषतर्फ १५ टिम र महिलातर्फ १० टिमको सहभागिता रहने अनुमान गरिएको प्रतियोगितामा १२ लाख रुपियाँ खर्च हुने छ ।