• २१ असोज २०८१, सोमबार

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

blog

कमलामाई (सिन्धुली), असोज २१ गते । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा यात्रुबाहक बस दुर्घटना भएको छ । काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको हाे । 

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिनुभयो । 

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस