• २१ असोज २०८१, सोमबार

डिसिएका मात्रै ६ खेलाडी एनपिएलमा अनुबन्ध

blog

काठमाडौँ, असोज २१ गते । धनगढी क्रिकेट एकेडेमी (डिसिए) का मात्र ६ जना खेलाडी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध भएका छन् । 

काठमाडौँमा आइतबार राति सम्पन्न अक्सनमा डिसिएका ६ खेलाडीले एनपिएलमा स्थान बनाएका हुन् । डिसिएका क्रिकेटर लोकेश बमलाई सर्वाधिक बढी मूल्य १५ लाख रुपियाँमा विराटनगर किङ्गसले अनुबन्ध गरेको छ ।

यस्तै नारायन जोशीलाई पोखरा एभेन्जर्सले १० लाख, विपिन रावललाई चितवन राईनोजले आठ लाख, भोजराज भट्टलाई सुदूरपश्चिम रोयल्सले चार लाख ५० हजार तथा नरेन भट्टलाई विराटनगर र राजु रिजाललाई काठमाडौँ गोर्खाले दुई दुई लाखमा अनुबन्ध गरेको हो । 

एनपिएल आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले अक्सनमा देशभरबाट एक सय ५० खेलाडी अक्सनमा राखेको थियो । अक्सनमा राखिएका खेलाडीलाई ए, बी र सी श्रेणीमा विभाजन गरी ए को मूल्य १० देखि अधिकतम १५ लाख, बी लाई पाँच देखि १० लाख र सी लाई दुई देखि पाँच लाख रुपियाँ तोकिएको थियो ।

आठ टोलीको सहभागिता रहने एनपिएल मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।