गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलान्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका-१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।
इजरायलले आइतबार मध्य गाजापट्टीमा रहेको मस्जिद र एउटा विद्यालयमा गरेको आक्रमणमा २४ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ९३ जना घाइते भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरूले आज सहयोग रकम हस्तान्तरण गरेका छन् ।
हत्या गरी गाडेको अवस्थामा झापा बाह्रदशी गाउँपालिका –५ का २२ वर्षीय युवक राजेश ठाकुरको शव गाडिएको अवस्थाबाट प्रहरीले निकालेको छ ।
गोरखामा अविरल वर्षाका कारण भत्किएका ग्रामीण सडकहरू चाडपर्व नजिकिएसँगै धमाधम मर्मत हुन थालेका छन् ।
गोरखामा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१९ स्थायी घर भएका १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।
तनहुँको व्यास नगरपालिकाले गाईको संरक्षणको लागि गौरवको योजनामा समावेश गरेको छ ।
सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गर्नुभएको थियो । उहाँले ती मध्ये उहाँले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गर्नुभएको थियो । उहाँले भन्नुभयो, “दसैँ अगाडि नै धान भित्र्याने सोच बनाएको थिए ।
सुनसरीको चतरास्थित सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको मारवाडी सेवा भोजनालयलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ । लिएको मूल्य अनुसार खाजाको प्याकेटमा कम परिमाण रहेको पाइएपछि प्रशासनले उसलाई जरिवानासहित कारवाही गरेको हो ।
गत असोज ११ गते राती झ्याप्ले खोला पहिरोमा परेर ज्यान गुमाएकामध्ये दुई जनाको परिवारलाई जनही २ लाख ५० हजार राहत रकम हस्तान्तरण गरिएको छ ।
स्थानीय बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएकामा सोमबारका लागि भने एक लाख ६० हजार ५०० निर्धारण भएको छ ।
राजधानीको सिलौटो कटेजमा फासिङ फेसन कार्निभल–२०२४ सम्पन्न भएको छ । हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित सो कार्यक्रमको संयोजन फासिङ फेसन बुटिकले गरेको हो ।
दाङमा प्रहरीले राप्ती नदीमा खसेर फसेका व्यक्तिको सकुशल उद्धार गरेको छ ।
जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय तथा जरिवाना गर्ने सक्ने अधिकार छ । उपभोक्ता ठगिन नदिनका लागि बेलाबेलामा प्रशासनले बजार अनुगमन गर्दै आएको छ ।