• ११ पुस २०८१, बिहिबार

क्रेन दुर्घटना हुँदा एकको मृत्यु

blog

गुणबहादुर रोका

सुलीकोट, असोज २१ गते । गोरखामा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१९ स्थायी घर भएका १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार आइतबार दिउँसो ४ बजेको समयमा गोरखा नगरपालिका –१० हुल्चेमा निर्माणाधीन अविनाश अर्बाएकर प्रालि ह्याचरीमा काम गरिरहेका बेला नम्बर नखुलेको क्रेन एक्कासि ब्रेक फेल भई काम गरिरहेको स्थानबाट २० मिटर तल खोलामा खस्न जाँदा सोही प्रालिमा काम गर्ने अन्सारीको क्रेनले चेपी मृत्यु भएको उहाँले बताउनुभयो । 

मृतक अन्सारीलाई जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली पुगी प्रारम्भिक अनुसन्धान पुरा गरी मृतक प्रिन्स अन्सारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखाको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

सोही क्रेनका चालक पर्सा जिल्ला वीरगन्ज महानगरपालिका –३० स्थायी घर भएका २४ वर्षीय अजहर अन्सारीलाई नियन्त्रणमा लिई सो घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शर्माको भनाइ छ ।