कुनै घटना वा परिस्थितिको भय वा डरले निकै आत्तिने, छटपटाउने अवस्थालाई फोबिया भनिन्छ । ग्रिक शब्द फोबोस भन्नाले डर भन्ने बुझिन्छ । फोबियाको विभिन्न परिभाषा भए पनि निरन्तरजसो डरले देखाउने प्रतिक्रिया नै फोबिया हो ।
राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित दसैँको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पूजारीबाट टीका प्रसाद ग्रहण गर्नुभयो ।
देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । सातै प्रदेशमा पश्चिमी वायुको प्रभाव छ भने देशको पूर्वी र मध्यभागमा भारतको पश्चिम बङ्गालको उत्तर भाग तथा आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
गत शनिबार आएको बाढीपहिरोपछि काभ्रेपलाञ्चोकका स्थानीय तहहरू खानेपानीको चरम सङ्कटमा पुगेका छन् । बाढीपहिरोका कारण खानेपानी उपभोक्ता समिति, स्थानीयवासीले प्रयोग गर्दै आ
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेशको सञ्चार क्षेत्र नाजुक अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ । उहाँले मधेशका मिडियाको उत्थान, प्रगति, सुरक्षालगायत समग्र क्षेत्रको अवस्था दयनीय र टिठलाग्दो रहेको बताउनुभयो । गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशमा आइतबार बर्दीबासमा आयोजना गरेको ‘प्रदेश सञ्चार ऐन तथा नियमावली’ सम्बन्धी अन्तव्रिर्mया कार्यव्रmममा मन्त्री लेखीले सो कुरा बताउनुभएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी– ८ चिसाङपुल नजिकै आइतबार साँझ भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका एक प्रहरी जवानको मृत्यु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेलधुरेली भाषा
गोरखामा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जितपुर सिमरा उपमहानगरपालिका – १९ का १९ वर्षीय प्रिन्स अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुब्र प्रसाद शर्माले जानकारी दिनुभयो ।
भौगोलिक विकटता, सामान ढुवानी गर्न कठिनाइलगायतका कारणले कर्णालीका १३ वटा पालिका अझै विद्युत्विहीन रहेका छन् । डोल्पाका छ वटा, हुम्लाका चार वटा र मुगुका तीन वटा गरी १३ वटा पालिकामा अझै बिजुली पुग्न सकेको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
कर्णाली राजमार्गमा झन्डै एक दशकको अवधिमा ९०१ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले मुलुकको अर्थतन्त्र सुधारका लागि नदीजन्य पदार्थ (ढुङ्गा गिट्टी) को निकासी खोल्नुपर्ने बताउनुभएको छ ।
दाङको लमही नगरपालिका–८, निमुखुट्टीका टोपबहादुर रावत खसीबोका बिक्री नहुँदा व्यापारीको खोजीमा हुनुहुन्छ ।
नेपालमा सार्वजनिक संस्थानहरूले राम्रो सफलता प्राप्त गर्न नसकिरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भने आफूलाई सफल संस्थानका रूपमा स्थापित गराउन सफल भएको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ ।