• २१ असोज २०८१, सोमबार

मधेशको सञ्चार क्षेत्रमा समस्याका चाङ

blog

गृह, सञ्चार तथा कानुन मन्त्रालयले बर्दीबासमा आयोजना गरेको अन्तव्रिर्mयाका सहभागी । तस्विर : रवीन्द्र उप्रेती

बर्दीबास समाचारदाता

बर्दीबास, असोज २१ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेशको सञ्चार क्षेत्र नाजुक अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ । उहाँले मधेशका मिडियाको उत्थान, प्रगति, सुरक्षालगायत समग्र क्षेत्रको अवस्था दयनीय र टिठलाग्दो रहेको बताउनुभयो । गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशमा आइतबार बर्दीबासमा आयोजना गरेको ‘प्रदेश सञ्चार ऐन तथा नियमावली’ सम्बन्धी अन्तव्रिर्mया कार्यव्रmममा मन्त्री लेखीले सो कुरा बताउनुभएको हो । 

उहाँले दयनीय बन्दै गएको प्रदेशको सञ्चार क्षेत्रको अवस्था सुधार्न प्रयास गरे पनि सञ्चार क्षेत्रबाट समेत आफूले रचनात्मक र संस्थागत सहयोग नपाएको गुनासो गर्नुभयो । समस्यै समस्याले जेलिएको प्रदेशको मिडियालाई सुधार्न के के गर्नु पर्छ ? लोक कल्याणकारी विज्ञापनलाई कसरी व्यवस्थित गर्न सकिन्छ ? पचास करोड रुपियाँभन्दा बढीको कार्यव्रmमको प्रारूपसहित लिखित सुझाव दिन आग्रह गर्दा पनि कसैले सुझाव नदिएको उहाँको भनाइ थियो । 

उहाँले प्रदेशमा व्याप्त राजनीतिक अस्थिरता, महिना दुई महिनामा सरकार फेरिने अवस्था र सङ्घीय कानुनको बाधा अड्काउले काम गर्ने अनुकूलता नभएको उल्लेख गर्नुभयो । उहाँले सञ्चार ऐन तथा नियमावलीमा भएका त्रुटि कमजोरीलाई सच्याएर प्रदेशको समग्र सञ्चारको विकासका लागि आवश्यक सल्लाह सुझाव लिन आफ्नै पहलमा अन्तव्रिर्mया आयोजना गरेको बताउनुभयो । 

आमसञ्चार प्राधिकरणका श्यामसुन्दर यादवले प्रदेश सरकारमा व्याप्त बेथितिले काम गर्न सहज नभएको दुःखेसो व्यक्त गर्नुभयो । उहाँले सञ्चार ऐन र नियमावली अस्पष्ट र बाझिएको, मन्त्रालयमा पठाएको फाइल महिनौँसम्म अड्काएर राख्ने प्रवृत्तिले काम असहज भएको गुनासो गर्नुभयो । 

गृह, सञ्चार तथा कानुन मन्त्रालयका अधिकृत सन्दीपकुमार सिंहले सञ्चार ऐन अनेक त्रुटि र समस्याले जेलिएका, लागु कसरी गर्ने भनी स्पष्ट नभएका ऐनले दिएको अधिकार पनि कसले र कसरी निर्वाह गर्ने स्पष्ट नभएको उल्लेख गर्नुभयो । प्रदेश मिडिया काउन्सिलका अध्यक्ष कैलाश दासले प्रदेशको सञ्चार ऐनमा २५ प्रतिशतभन्दा बढी त्रुटि रहेकाले यसको संशोधन वा पुनर्लेखनको आवश्यकता औँल्याउनुभयो । 

अन्तव्रिर्mयामा पर्सादेखि सप्तरीसम्मका विभिन्न मिडियाका प्रतिनिधिले सञ्चारकर्मीको सुरक्षा, लोककल्याणकारी विज्ञापन, नीतिगत त्रुटिलगायतका विषय उठान गर्नुभएको थियो । 

टेलिभिजन एसोसिएसन मधेश प्रदेशका अध्यक्ष विष्णु कुँवरले मधेश प्रदेशका सञ्चारगृहले सामना गर्नु परेका राजनीतिक प्रभाव र दबाब, वित्तीय अभाव, कमजोर पूर्वाधार लगायतका समस्या र चुनौतीका बारेमा बुँदागत रूपमा प्रस्तुत गर्नुभएको थियो ।