बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेकाे छ । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ ।
हिउँदमा दैलो बन्द गरेर छाडिएका घरहरू खुला छन् अहिले । कात्तिक/मङ्सिरदेखि माघ/फागुनसम्म मरेको सर्प जस्ता सुनसान बाटाघाटामा चहलपहल छ ।
२०८१ सालको दसैँ सुरु भइसकेको छ, आश्विन शुक्लप्रतिपदाका दिन घर घरमा जमरा राखेर घटस्थापना गरेपछि नवरात्रि अर्थात् नौरथा प्रारम्भ हुन्छ अनि दसैँ लाग्छ ।
हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुलीसमेत आरोहण गरे ।
गत हप्ता तीन दिनसम्म लगातार भएको मुसलधारे वर्षाले काठमाडौँ उपत्यकासहित मुलुकभरको जनजीवन एकसाथ अस्तव्यस्त बनाउँदा उद्धार कार्यमा समेत कठिनाइ भयो ।
धादिङको सदरमुकाम धादिङबेसीस्थित लखन थापा पार्कमा लोपोन्मुख वन्यजन्तु तामे सालकको एक जोडी मूर्ति राखिएको छ ।
हिन्दुहरूको महान् चाड दसैँ मध्य हुन लागेको छ । गाउँघर छाडेर सहर पसेकाहरू दसैँको रमाइलो र मान्यजनको आशीर्वादका लागि गाउँ फर्कने क्रम सुरु भइसकेको छ तर यस पटकको दसैँ असोज ११ र १२ गतेको भीषण वर्षाले निम्त्याएको विपत्का कारण असहज बनेको छ ।
चाडपर्व नजिकिएसँगै देशभरि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि चर्को रूपमा हुन थालेको छ । तिजको रमझमपछि दसैँ तिहार नजिकिँदै गर्दा बजारमा दाल, चामल, तरकारी, तेललगायतका दैनिक उपभोग्य र खाद्यान्न तथा लुगाकपडाको मूल्य निरन्तर अकासिएको छ ।
दशा बाजा बजाएर आउँदैन भन्ने नेपाली भनाइ छ । अनेक खालका विपत् दशा मात्र होइनन्, महादशा नै भन्नु पर्छ । असोज १२ गते र वरपर नेपालीका निम्ति महादशा नै बनेर आयो । मनसुन सकिने बेलामा घनघोर वर्षाले बाढीपहिरो र डुबान ल्यायो । जनधनको ठुलो क्षति पुग्यो । राजधानी उपत्यकाकै कतिपय वस्ती डुबानमा परे । खोला तथा नदी किनारका अधिकांश जस्तै बस्तीका घर घरमा पानी तथा बाढी पस्यो । ललितपुरका नख्खु क्षेत्रमा बढी नै क्षति भयो । पहिरोले राजमार्ग अवरुद्ध भए ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।
नेपालमा संविधान संशोधनको बहस थप चहकिलो हुँदै गइरहेको छ । वास्तवमा, समतामूलक विकास, राजनीतिक सुचारुपन तथा सामाजिक न्यायका लागि संविधान संशोधन गर्दा कसैले आपत्ति गर्नुपर्ने देखिँदैन ।
टेक बिसीको स्वरमा ‘मुटुमै गाँसेको साइनो’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
नेपालभाषाका गायक सत्यनारायण मानन्धरको एकल साङ्गीतिक साँझ कीर्तिपुरमा सम्पन्न भएको छ ।
भैरव पुरस्कार गुठीले तीन स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । गुठीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सो पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ ।