जिल्लाको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका–९ बाट अवैध लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ३१ वर्षीय सुरज गुरुङलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
कपिलवस्तुमा चाडपर्वको सिजन सुरु भएसँगै कपिलवस्तुका मुख्य व्यापारिक क्षेत्रमा बजार अनुगमन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र नेपाल प्रहरीसहितको टोलीले कपिलवस्तुका मुख्य व्यापारिक क्षेत्रमा संयुक्त रूपमा बजार अनुगमन गरेको छ ।
डुडुवा खोलामा पौडी खेल्नेक्रममा शनिबार डुबेर बेपत्ता भएका एक बालकको शव आइतबार प्रहरीको गोताखोर टोलीले फेला पारेको छ ।
गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलान्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका-१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।
इजरायलले आइतबार मध्य गाजापट्टीमा रहेको मस्जिद र एउटा विद्यालयमा गरेको आक्रमणमा २४ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ९३ जना घाइते भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरूले आज सहयोग रकम हस्तान्तरण गरेका छन् ।
हत्या गरी गाडेको अवस्थामा झापा बाह्रदशी गाउँपालिका –५ का २२ वर्षीय युवक राजेश ठाकुरको शव गाडिएको अवस्थाबाट प्रहरीले निकालेको छ ।
गोरखामा अविरल वर्षाका कारण भत्किएका ग्रामीण सडकहरू चाडपर्व नजिकिएसँगै धमाधम मर्मत हुन थालेका छन् ।
गोरखामा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१९ स्थायी घर भएका १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।
तनहुँको व्यास नगरपालिकाले गाईको संरक्षणको लागि गौरवको योजनामा समावेश गरेको छ ।
सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गर्नुभएको थियो । उहाँले ती मध्ये उहाँले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गर्नुभएको थियो । उहाँले भन्नुभयो, “दसैँ अगाडि नै धान भित्र्याने सोच बनाएको थिए ।
सुनसरीको चतरास्थित सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको मारवाडी सेवा भोजनालयलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ । लिएको मूल्य अनुसार खाजाको प्याकेटमा कम परिमाण रहेको पाइएपछि प्रशासनले उसलाई जरिवानासहित कारवाही गरेको हो ।
गत असोज ११ गते राती झ्याप्ले खोला पहिरोमा परेर ज्यान गुमाएकामध्ये दुई जनाको परिवारलाई जनही २ लाख ५० हजार राहत रकम हस्तान्तरण गरिएको छ ।