• २१ असोज २०८१, सोमबार

लागुऔषधसहित एक पक्राउ

blog

धर्मदेवी नगरपालिका वडा ८ घर भएका ३१ वर्षीय सुरज गुरुङ ।

जयकृष्ण यादव  

इनरुवा, असोज २१ गते । सुनसरीको धरान उपमहानगरपालिका–९ बाट अवैध लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ३१ वर्षीय सुरज गुरुङलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । 

धरान–९ स्थित ललित राईको घरमा डेरागरी बस्ने सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा ८ घर भएका ३१ वर्षीय भेडा भन्ने सुरज गुरुङलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । 

प्रहरीले गुरुङको कोठा खानतलासी गर्दा कोठाभित्र रहेको दुईवटा जेब्रा झोलामा लुकाइछिपाई राखेको लागुऔषध ट्रामानिल–सात हजार ८८० क्याप्सुल र स्पास्मो–आठ हजार ४३० ट्याब्लेट फेला पारेको थियो । 

तिम्सिनाका अनुसार उक्त लागु औषधसहित सुरज गुरुङलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।