काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि बिरामीहरूको उपचार सेवा सुचारु हुने जनाएको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा ४५० थान जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।
गृहमन्त्री रमेश लेखकले स्थानीय तहहरूले बाढीपहिरोबाट घर पूर्णरुपमा क्षति भएको विवरण पठाएको तीन दिनभित्र अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम पठाइने बताउनुभएको छ ।
असोज ११ र १२ गते आएको बाढीले पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिकामा एकसय घरधुरी र दुई विद्यालयमा पूर्णरुपमा क्षति गरेको प्रतिवेदन आएको छ ।
गीतकार टङ्कबहादुर भट्टराईको ‘दिलमायाको चिया दोकान’ नामक गीत लोकार्पण गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजनालाई टुङ्ग्याउन सुझाव सङ्कलन सुरु गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सभा सदस्यसँग गुरुयोजनाबारेमा छलफल अघि बढाएको हो ।
विभिन्न कामका लागि गाउँभन्दा बाहिर रहेका युवाहरु गाउँ फर्कन थालेपछि स्याङ्जामा दशैको रौनक बढेको छ । शहर–बजार तथा विदेशमा रहेका युवाहरु दसैं मनाउन गाउँमा फर्कनेक्रम जारी छ ।
काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ ।
जनता समाजवादी पार्टी नेपालले अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव एलान्सको नयाँ सदस्यता पाएको छ ।
मकवानपुरको कैलाश गाउँपालिका –२ का एक वृद्धको भिरबाट खसेर मृत्यु भएको छ । स्थानीय ६३ वर्षीय दिलबहादुर स्याङ्तान घरदेखि करिब एक किमि उत्तरतर्फ रहेको आफ्नै खेतबाट घर फर्किनेक्रममा गोरेटो बाटोको छेउबाट करिब पाँच मिटर तल भिरमा खसेर उहाँको मृत्युभएको हो ।
जिल्लाको रामपुर नगरपालिकाले प्लाष्टिकबाट बनेका फूल तथा माला विक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ।
झापाबाट ताप्लेजुङसम्म जोड्ने मेची राजमार्ग इलामको माई खोलामाथिको खण्डमा अवरुद्ध भएपछि इलाममा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ ।
चाडपर्वकोबेला नेपालगन्ज बजारमा ठुलो परिमाणमा अखाद्य, सडेको र गुणस्तरहीन मासु र माछा बिक्री भइरहेको पाइएको छ ।