• २१ असोज २०८१, सोमबार

भिरबाट खसेर वृद्धको मृत्यु

blog

राममणि दाहाल

हेटौँडा, असोज २१ गते । मकवानपुरको कैलाश गाउँपालिका –२ का एक वृद्धको भिरबाट खसेर मृत्यु भएको छ । स्थानीय ६३ वर्षीय दिलबहादुर स्याङ्तान घरदेखि करिब एक किमि उत्तरतर्फ रहेको आफ्नै  खेतबाट घर फर्किने क्रममा गोरेटो बाटोको छेउबाट करिब पाँच मिटर तल भिरमा खसेर  उहाँको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पालुङबाट करिब ३२ किमि पश्चिम–दक्षिण पर्ने घटनास्थलबाट शव मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

यस्तै, हेटाैंडा उपमहानगरपालिका –१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा क्रसरको बेसप्लेट वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर मकवानपुरको बागमती गाउँपालिका –८ फापरबारीका लालबहादुर राउत घाइते हुनुभएको छ ।

३५ वर्षीय घाइते राउतको उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।