गत साताको अविरल वर्षा र बाढीले ऊर्जा क्षेत्रमा पुर्याएको क्षतिबाट पुनस्र्थापनाका लागि तीन तहकै सरकारबिच सहकार्यमा जोड दिइएको छ ।
प्रतिकूल मौसमका कारण प्रभावित पर्यटन क्षेत्रले बिस्तारै पुरानो लय समात्न थालेको छ । लगातारको वर्षासँगै उच्च हिमाली क्षेत्रमा भएको बाक्लो हिमपातका कारण रोकिएको आरोहण आलो हिउँ पग्लिएसँगै पुनः सुचारु भएको छ भने पदयात्रामा रहेका पर्यटकसमेत आफ्नो गन्तव्यमा पुगेका छन् ।
दसैँ सुरु भए पनि बजारमा खसीबोकाको माग भने बढ्न सकेको छैन । विगतका वर्षको तुलनामा यस वर्ष बजारमा खसीबोका र च्याङ्ग्राको माग कम रहेको व्यवसायीको भनाइ छ ।
राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् ।
भारतले तनहुँस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्यामा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट ललितपुरमा खानेपानी आपूर्ति सुरु गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्को क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा मन्त्रीहरू र उच्च पदाधिकारीसँग छलफल गर्नुभएको छ ।
यस वर्षको मनसुन अब केही दिनभित्रै पूर्ण रूपमा बाहिरिने भएको छ । मनसुनको गतिविधि न्यून भएसँगै यो वर्षको दसैँ घमाइलो हुने भएको छ ।
माइक्रोआरएनए पत्ता लगाउने अमेरिकी वैज्ञानिक ग्यारी रुभ्कनले अर्का अमेरिकी भिक्टर एम्ब्रोसका साथमा सोमबार चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार जित्नुभएको छ ।
सनथ जयसूर्यालाई सोमबार श्रीलङ्का क्रिकेटको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । उहाँले टि-२० विश्वकपबाट श्रीलङ्काको तुरुन्त बहिर्गमनपछि राजीनामा दिनुभएका क्रिस सिल्भरवुडको स्थान लिनुहुनेछ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ ।
लेबनानमा इजरायली हवाई हमलामा सोमबार लेबनानी नागरिक रक्षाका ११ सदस्यको मृत्यु भएको सिभिल डिफेन्स र लेबनानी रेडक्रसका स्रोतहरूले जनाएका छन् ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताउनु भएको छ ।
तेह्रथुममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका –९ पुरुन्दिन बस्ने २० वर्षीय सन लिम्बुको भरुवा बन्दुक पड्किदा बन्दुकको छर्रा लागेर गए राित मृत्यु भएको हो ।
मोरङको रङ्गेलीमा सोमबार दिउँसो ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।