• २१ असोज २०८१, सोमबार

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, असोज २१ गते । मोरङको रङ्गेलीमा सोमबार दिउँसो ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।  

इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार रङ्गेली नगरपालिका –१ को भित्रि सडकमा प्रदेश १–०४–००१ त १००४ नम्बरको ट्याक्टरले को ६ प ६५४६ नम्बरको मोटरसाइकललाई दिउँसो साढे १२ बजेतिर  मोटरसाइकलले पैदलयात्री धनपालथान गाउँपालिका –६ का ४५ वर्षीय सिटुरु ऋषिदेवलाई ठक्कर दिएको थियो । 

मोटरसाइकलको ठक्करबाट सिटुरु ऋषिदेव गम्भीर घाइते हुनुभयो । मोटरसाइकल चालक धनपालथान १ का ४५ वर्षीय रामबहादु माझी र मोटरसाइकलमा पछाडि सवार माझीका पत्नी ३६ वर्षीया मङ्गली चौधरी घाइते हुनुभयो ।   

प्रहरी निरीक्षक खड्काले गम्भीर अवस्थामा अस्पलात लगिएका माझीको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो । प्रहरीका अनुसार ऋषिदेवको अवस्था गम्भीर र चौधरीको सामान्य छ । 

दुवै जनाको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालक धनपालथान –४ का २० वर्षीय रविन मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।