• २१ असोज २०८१, सोमबार

एनआरएनएद्वारा काभ्रेका ४०१ परिवारलाई राहत प्रदान

blog

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेका पहिरोबाट प्रभावितलाई राहत वितरण गर्दै ।

काठमाडौं, असोज २१ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ । 

अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघको तर्फबाट गएको टोलीले बाढी तथा डुबानका कारण प्रभावितहरुलाई गैरआवासीय संघ केन्द्रको आहवान तथा राष्ट्रीय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्सलगायतका सामग्रीहरु वितरण गरिएको हो । स्थानीय तहसँग समन्वय पश्चात वडा नम्बर १ का १२३ परिवार २ का ५३ परिवार ३  का २५ परिवार र १२ मा २०० परिवार लाई राहत वितरण गरिएको जानकारी दिइएको छ । 

यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो ।  जसअनुसार एनसीसी यूकेले रू १५ लाख  सहयोग गरेको थियो । यसअघि आइतबार दक्षिणकाली, सिस्नेरीमा राहत वितरण गरिएको थियो । यस्तै, बुधबार ललितपुर ठोस्नेखोलामा  राहत वितरण गर्ने तयारी पूरा भएको छ । संघले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्तानीय तहसँग समन्वय गरिरहेको छ । यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा समेत संघले आर्थिक सहयोग गर्ने निर्णय भइसकेको छ ।