• २१ असोज २०८१, सोमबार

बन्दुक पड्किँदा एकको मृत्यु

blog

ठाकुर सेनेहाङ 

तेह्रथुम, असोज २१ गते । तेह्रथुममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका –९ पुरुन्दिन बस्ने २० वर्षीय सन लिम्बुको भरुवा बन्दुक पड्किदा बन्दुकको छर्रा लागेर गए राित मृत्यु भएको हो ।

आफैसँग रहेको बन्दुक सफा गर्ने क्रममा पड्केको हुनसक्ने प्रहरीकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला पहरी कार्यलय तेह्रथुमका सूचना अधिकारी प्रहरी निरीक्षक प्रमोद खड्काले जानकारी दिनुभयो । मृतकको शव जिल्ला अस्पताल तेह्रथुममा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।