• २१ असोज २०८१, सोमबार

प्रधानमन्त्री उद्धार कोषमा विभिन्न संस्थाको रकम जम्मा

blog

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि चेक हस्तान्तरण गरिदै । तस्विरः प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरूले आज सहयोग रकम हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा छिमेकी भारतको सबैभन्दा ठुलो जलविद्युत कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट १ करोड, अरुण तेस्रो जलविद्युत आयोजना लिमिटेडका प्रमुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट १ करोड, प्रभु बैङ्कका अध्यक्ष देवीप्रसाद भट्टचनबाट १ करोड र प्राइम कमर्सियल बैङ्कका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट ३१ लाखको चेक हस्तान्तरण भएको छ । 


यसैगरी प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकोमा सबैमा धन्यवाद दिनुभयो ।