रुकुमपश्चिममा म्याद गुज्रेको सामान राखेका र कानुनी मापदण्ड पुरा नगरेका व्यवसायीलाई जरिवाना गरिएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले देशभित्र एकताको सन्देश दिनुपर्ने बताउनुभएको छ । टीकापुर नगरपालिकाले आयोजना गरेको तीन दिवसीय बृहत् सांस्कृतिक कार्यक्रमको आइतबार टीकापुरमा उद्घाटन गर्दै मन्त्री शाहले यस्तो बताउनु भएको हो ।
नेपाल राष्ट्रिय कराते टोलीका प्रशिक्षक मण्डेकाजी श्रेष्ठ ‘स्पोर्ट्स पर्सनालिटी अफ दि इयर अवार्ड’ बाट सम्मानित हुनुभएको छ ।
बाढीपहिरोका कारण सडक अवरुद्ध भई खाद्यान्नलगायतको समस्या देखिएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –१२ मगर गाउँमा ड्रोनमार्फत राहत पठाइएको छ ।
गत साता आएको बाढीपहिरोपछि क्षतिग्रस्त बनेको हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडकको कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक खण्ड सुचारु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमइ बैङ्क, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट पाँच करोड रकमको चेक हस्तान्तरण भएको छ ।
इजरायल–हमास युद्ध तत्काल रोक्न युद्धविराम गरिनुपर्ने बेलायत, जर्मनी र फ्रान्सले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न आग्रह गरेको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले काठमाडौँको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित १ सय २० परिवारलाई राहत वितरण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज एक करोड रुपियाँको चेक हस्तान्तरण गरेको छ ।
वडा कार्यालय साबिक गाविस भवनमा सार्नुपर्ने माग गर्दै नेपाली कांग्रेस यमुनामाई गाउँ कार्य समितिले यमुनामाई गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शून्य नौ अङ्कले उकालो लागेर दुई हजार छ सय ५३ दशमलव ५८ मा पुगेको छ।
पहिरोले बगाएर क्षति भएको मेची राजमार्गको राजदुवाली–गोलाखर्क खण्डको मर्मत नहुने भएपछि सिल्पुरस्थित सिमल गोलाईबाट वैकल्पिक मार्ग कटान सुरु गरिएको छ ।
आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीमा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा क्यानडाको हाइप्रोफमेन्स (एचपी) टोलीलाई हराएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आइतबार ५० लाख हस्तान्तरण गरेको छ।