• २० असोज २०८१, आइतबार

मण्डेकाजीलाई स्पोर्ट्स पर्सनालिटी अवार्ड

blog

सम्मानित भएपछि मण्डेकाजी श्रेष्ठ ।

काठमाडौँ, असोज २० गते । नेपाल राष्ट्रिय कराते टोलीका प्रशिक्षक मण्डेकाजी श्रेष्ठ ‘स्पोर्ट्स पर्सनालिटी अफ दि इयर अवार्ड’ बाट सम्मानित हुनुभएको छ । 

नेपाल पर्यटन बोर्डमा आइतबार आयोजित ‘एचिभर्स अवार्ड-२०२४’ कार्यक्रममा खेलकुद विधातर्फ मण्डेकाजी सम्मानित हुनुभएको हो । 

सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा बर्सेनि आयोजना हुँदै आएको अवार्ड कार्यक्रममा यसपालि आयोजकले १३औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता खेलाडी मण्डेकाजीलाई सम्मान गरेको हो ।

मण्डेकाजीलगायतलाई प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले सम्मान गर्नुभएको थियो । १३औँ सागमा मण्डेकाजीले कराते एकल काता र टिम कातामा देशका लागि ऐतिहासिक दोहोरो स्वर्ण पदक दिलाउनुभएको थियो ।

कार्यक्रममा खेलकुद विधा बाहेक वर्ष कलाकार, वर्ष बैंकर, वर्ष चिकित्सकजस्ता विधामा पनि अवार्ड प्रदान गरिएको थियो ।