• ३ माघ २०८१, बिहिबार

यमुनामाई गाउँपालिकामा तालाबन्दी

blog

सञ्जय कुमार मिश्र 

गौर, असोज २० गते । वडा कार्यालय साबिक गाविस भवनमा सार्नुपर्ने माग गर्दै नेपाली कांग्रेस यमुनामाई गाउँ कार्य समितिले यमुनामाई गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । 

रौतहटको यमुनामाई गाउँपालिका ४ सरुअठाका अध्यक्ष अश्वनीकुमार यादव (चेतन यादव)ले आफ्नै घरगोठबाट विगत ७ वर्षदेखि वडा कार्यालय सञ्चालन गरिरहदाँ सेवाग्राही जनताहरू भोग्दै आएको समस्यालाई वडा कार्यालय पायक स्थानमा सार्नु पर्ने माग गर्दै यमुनामाई गाउँपालिकाको कार्यालयमा आइतबार तालाबन्दी गरेका हुन् ।

वडाध्यक्ष यादवले आफ्नो दोस्रो कार्यकालको लागि निर्वाचित भएको तत्पश्चात् प्रमुख जिल्ला अधिकारीलाई गुहारे तैपनि न्याय पाइएनन् बाध्य भएर रिले अनसन गरेको ११ औँ दिनमा आज आइतबार गाउँपालिकाको कार्यालयमा तालाबन्दी लगाउनु परेको गाउँपालिका कमिटी अध्यक्ष सिताराम यादवले बताउनुभयो ।

नेकाका गाउँपालिका अध्यक्ष प्रत्याशी श्रीराम राय यादवले सेवाग्राहीहरू विभिन्न कार्यको लागि सिफारिस गराउन जाँदा वडाध्यक्ष यादवको धाकधम्की र राम्रो व्यवहार नगर्दा साबिक गाविसको कार्यालयमा वडा कार्यालय सार्नुपर्ने अडान लिएर २४ घण्टे रिले अनसन  गर्दा पनि कुनै सुनवाइ नगर्दा आज देखि बाध्यात्मक रूपमा गाउँपालिकाको मुख्य गेटमै ताला लगाएर कामकाज अवरुद्ध बनाइएको बताउनुभयो ।