परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दुई नयाँ सेवा सुरु भएको छ ।
अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ ।
लायन्स क्लब इन्टरनेशनलले डायलासिस सेवा सञ्चालनका लागि प्युठान जिल्ला अस्पताललाई एक करोड बढी रकम सहयोग हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले सात वटै प्रदेशमा अटिजम भएका बालबालिकाहरुको लागि तालिम दिने केन्द्रहरु बनाउने तयारी गरिरहेको बताउनुभएको छ ।
ताप्लेजुङमा स्वर्गीय चन्द्रबहादुर नेयोङ्हाङ स्मृति पुरुष नकआउट फुटबल प्रतियोगिता आउँदो कात्तिक ४ गतेदेखि हुनेभएको छ । आयोजक कर्णसिंह सोनाम फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
राष्ट्रिय प्रजातान्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. धवलशम्शेर राणालाई क्यान्सर भएको पुष्टि भएको छ । भारतको मुम्बईमा उपचारको क्रममा डा. राणालाई गिजाको क्यान्सर भएको पुष्टि भएको राणा निकट राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुुई करोड रुपियाँको चेक हस्तान्तरण भएको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा नेपालको पहिलो बैँकका रुपमा रहेको नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले सो रकम जम्मा गरेका हुन् ।
मिथिलाञ्चलमा झिझिया नृत्युको रौनक जारी छ । मिथिला क्षेत्रमा गरिने लोकनृत्यमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो ।
पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गन दाउन्नेमा भासिएर एकतर्फी भएको सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त हुनुभएकाे छ ।
ओखलढुङ्गाको दुई वटा स्थानीय तहलाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।उहाँले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताउनुभएको हो ।