गत साता आएको बाढीपहिरोपछि क्षतिग्रस्त तीन वटै प्रादेशिक मार्ग सञ्चालनमा आएका छन् । हेटौँडाबाट कुलेखानी हुँदै महालक्ष्मीखोला–चखेल–मातातीर्थ जोड्ने, फाखेल–फर्पिङ जोड्ने र सिस्नेरी–दक्षिणकाली–फर्पिङ जोड्ने सडक आइतबार अपराह्न ४ बजेपछि सञ्चालनमा आएका हुन् ।
काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको छ ।
देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबान (प्राकृतिक प्रकोप) मा परेका नागरिकलाई राहत र पुनस्र्थापनाका लागि आवश्यक रकम स्वस्फूर्त जम्मा हुने क्रम जारी छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणाले इजरायल र लेबनानमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएर अद्यावधिक गर्न त्यहाँस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज १० करोड २६ लाख सहयोग प्राप्त भएको छ । कोषका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइएमई ग्रुपबाट पाँच करोड हस्तान्तरण भएको छ ।
पर्वतको मशासीला गाउँपालिका –५ दुक्तानको त्रिशक्ती बुद्ध बेकरीले उत्पादनभन्दा एक दिन पछाडिको मिति राखेर बिस्कुट, पाउरोटी र नमकिन बेचेको भेटिएको छ ।
सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते बगाएको सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्कोटमा नेपाली सेनाले आजदेखि बेलिबृज जडान सुरु गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै भू-भाग हुँदै मनसुन बाहिरिएको छ।
गत साता आएको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको मकवानपुर हुँदै काठमाडौँ जोड्ने तीन वटै प्रादेशिक मार्ग सञ्चालनमा आएको छ ।
बाढीले पुल बगाएपछि वारपार गर्ने माध्यम टुटेको मेची राजमार्गस्थित फिदिम-भारपाखण्डको हेवा खोलामा नेपाली सेनाले फड्के बनाएसँगै स्थानीयको खुशी फर्किएको छ।
मध्यपुर युनाइटेड र लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा आइतबारदेखि भक्तपुरमा जिल्लाब्यापी फुटसल प्रतियोगिता सुरु भएको छ ।
गृहमन्त्री रमेश लेखकले ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका एन्फा एकेडेमीका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतिपरिवार आठ लाख रुपियाँ सहयोग गर्ने भएको छ
नेकपा (एमाले) कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाले एक जना महिला बिरामीको निःशुल्क उपचार गराउनुभएको छ ।