• २० असोज २०८१, आइतबार

भक्तपुरमा जिल्लाब्यापी फुटसल सुरु

blog

काठमाडौँ, असोज २० गते । मध्यपुर युनाइटेड र लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा आइतबारदेखि भक्तपुरमा जिल्लाब्यापी फुटसल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको नेपाली काँग्रेसका नेता एवं पूर्व युवा तथा खेलकुदमन्त्री बलबहादुर केसीले उद्घाटन गर्नुभयो । नाआउटका आधारमा खेलाइने प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीलाई ३० हजार र उपविजेतालाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।