• २१ असोज २०८१, सोमबार

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली माताको पूजा अर्चना

blog

काठमाडौँ, असोज २१ गते । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित दसैँको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गर्नुभयो ।

काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ ।सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर  क्षेत्रको पुनः निर्माणमा सहयोगका लागि आग्रह गर्नुभयो । साथै काठमाडौँ मकवानपुरको सडक छिटो पुनः निर्माण गरी सडक निर्बाध सञ्चालनको आवश्यकता औँल्याउनुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले बाढी पहिराेले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो  ।

राष्ट्रपति पौडेल मन्दिर पुग्नुहुँदा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।