• २१ असोज २०८१, सोमबार

फासिङ फेसन कार्निभल सम्पन्न

blog

काठमाडौँ, असोज २१ गते । राजधानीको सिलौटो कटेजमा फासिङ फेसन कार्निभल–२०२४ सम्पन्न भएको छ । हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित सो कार्यक्रमको संयोजन फासिङ फेसन बुटिकले गरेको हो ।

कार्यक्रममा फासिङ फेसन बुटिकद्वारा निर्मित सांस्कृतिक तथा आधुनिक परिधानको फ्युजन तथा साडीको प्रस्तुति गरेर करिब १२ जना मोडलले दुई वटा सिक्वेन्समा आफूलाई –याम्पमा उतारेका थिए ।

करिब एक दशकभन्दा लामो समयदेखि फेसन क्षेत्रमा क्रियाशील फासिङ फेसन बुटिकले युवापुस्ता तथा सबै वर्ग क्षेत्रका महिलाहरुलाई लक्षित पोशाकहरुको प्रवर्धनात्मक प्रस्तुति गरेको थियो ।


फासिङ फेसन कार्निभल– २०२४ को कोरियोग्राफी चर्चित फेसन कोरियोग्राफर एवम् इभेन्टकर्मी हिमानी सुब्बाले गर्नुभएको थियो भने मोडल एवम् डिजाइनरहरुको प्रस्तुतिपश्चात् सोज टपरको रूपमा हिमानी स्वयं स्टेजमा उत्रिनुभएको थियो ।

कार्यक्रममा विविध कलाकारहरुको नृत्य प्रस्तुति रहेको थियो भने कार्यक्रमको बिचमा चर्चित पप गायक धिरज राई आफ्नो चिरपरिचित स्टाइलमा स्टेजमा झुल्किँदा दर्शक प्रफुल्लित भएका थिए ।

गायक राईले दर्शकलाई आफ्ना केही चर्चित गीत सुनाउनुभएको थियो । सो फेसन कार्निभल बुटिकको सृजना पस्किनुको साथै सांस्कृतिक एवम् आधुनिक पहिरनको फ्युजन दर्शकसामु पस्किनु रहेको फासिङ फेसन बुटिकका डिजाइनर आस्मती साम्सुहाङ लिम्बूले बताउनुभयो । फासिङ फेसन कार्निभल शनिबार सम्पन्न भएको थियो ।