• २१ असोज २०८१, सोमबार

सिन्धुली बस दुर्घटना : दुईको निधन, २८ घाइते

blog

काल्पिनक चित्र

काठमाडौँ, असोज २१ गते । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै निधन भएको छ । साथै २८ जना घाइते भएका छन् र घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । 

गोरखापत्र अनलाइनसँग कुरा गर्दै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले भन्नुभयो, ‘‘दुई जनाको निधन भएको छ, २८ जना घाइते भएका छन् र छ जनाको अवस्था गम्भीर छ । घाइतेको उपचार सिन्धुलीमाडीमा रहेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । कतिपय घाइतेलाई धरान पठाउने तयारी भइरहेको छ ।’’ 

सो बस काठमाडौँबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको यात्रुवाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आइतबार दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको थियो। 


यो पनि पढ्नुहोस

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु