• २१ असोज २०८१, सोमबार

गरिमा क्यापिटल र स्टार माइक्रो इन्स्योरेन्सबिच सम्झौता

blog

काठमाडौँ, असोज २१ गते । गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबिच प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

दुई संस्थाबिच आइतबार आइपिओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो । इन्स्योरेन्स कम्पनीले आइपिओ निष्कासन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कूल रकम २२,५०,००,००० (अक्षरेपी–बाइस करोड पचास लाख रुपैयाँ) बराबरको प्रत्याभूति गर्ने सम्झौता भएको हो । 

गरिमा क्यापिटल लिमिटेडको कमलपोखरी स्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले असोज २० गते उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । 

स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुस १४ मा दर्ता भई २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बिमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बिमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ । गरिमा विकास बैङ्कको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो । 

यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा ( डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी) तथा धितोपत्र अण्डरराइटिङ सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवर्द्धकको प्रचलित कानुन बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरू क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढाउने जानकारी समेत गराएको छ । 

गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहक समक्ष पुर्‍याउन गरिमा विकास बैङ्क लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ ।