• २१ असोज २०८१, सोमबार

काभा यु–२० च्याम्पियनसिप : नेपाल उज्वेकिस्तानसँग पराजित

blog

फाइल तस्बिर ।

काठमाडौँ, असोज २१ गते । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको छ । 

श्रीलङ्काको कोलम्बोमा जारी प्रतियोगितामा सोमबार नेपाल उज्वेकिस्तानसँग ९–२५, १४–२५, २९–२७, १५–२५ ले पराजित भएको हो । हारसँगै नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ ।

पहिलो खेलमा नेपालले आयोजक श्रीलङ्कालाई ३–० को सेटमा हराएको थियो । नेपालले समूहको अर्को खेल मङ्गलबार माल्दिभ्ससँग खेल्नेछ ।