साहित्यकार प्रा.डा मोहनप्रसाद तिमल्सिनालाई अमेरिकाको वासिङ्टन डिसीमा अभिनन्दन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी च्याप्टरले तिमल्सिनालाई हालै अभिनन्दन गरेको हो ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गर्नुभएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले बेइजिङमा आज आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्र अझै पनि पर्याप्त लगानी भइनसकेकाले लगानीका लागि आग्रह गर्नुभयो।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले वरिष्ठ साहित्यकार विष्णु पादुकालाई सम्मान गरिएको छ।
कैलालीको घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव सुरु भएको छ।
टोकियोका गभर्नरले अभिभावकत्वलाई प्रोत्साहित गर्ने राष्ट्रव्यापी प्रयासअन्तर्गत राजधानीमा सरकारी कर्मचारीका लागि चार दिनको कार्यसप्ताह सुरु गर्ने प्रस्ताव गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र धनगढी र टिकापुरका विभिन्न सञ्चार गृहलाई सञ्चारिका समूहले साझा मागपत्र बुझाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको बताउनुभएको छ।
गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सरकारले पहल गर्ने बताउनुभएको छ।
चीनमा यो वर्षको शरदमा मौसमको रेकर्ड राख्न थालेपछिको सबैभन्दा गर्मी भएको राष्ट्रिय जलवायु केन्द्रले बुधबार घोषणा गरेको छ । चीनले सन् १९६१ देखि मौसम र तापक्रमसम्बन्धी रेकर्ड राख्न थालेको थियो ।
नेपाल र चीनले दुवै देशबिच पारस्परिक सहयोग र आपसी हितका विभिन्न विषयमा भएको सहमतिबारे संयुक्त वक्तव्य जारी गरेका छन्।
गोधुली फुटबल क्लब ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ ।
हेटौँडा–सिन्धुली सडकअन्तर्गत बुधबार बिहान बकैया गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते हुनुभएको छ।