• १६ असार २०८१, आइतबार

जरोको कारण र उपचार

blog

जरो कि त मस्तिष्ककै खराबीले वा तापक्रम नियन्त्रक केन्द्र (हाइपोथालामस) मा उत्तेजना पैदा भएमा आउने गर्छ । जरो ‘पाइरोजेन’ भन्ने रासायनिक तत्वको कारणले आउँछ । पाइरोजेन विभिन्न किसिमका क्यान्सर, कनेकटिभ टिस्यु डिसअर्डर, औषधी, चोटपटक, ब्याक्टेरिया, भाइरस, फङ्गस, प्रोटोजोवा र परजीवीको कारणले शरीरभित्र उत्पादन हुने गर्छ, जसमा इन्टरल्युकिन–१, ट्युमर नेक्रोसिस फ्याक्टर (टिएनएफ), इन्टरफेरोन प्रमुख छन् । उक्त पाइरोजेन जसरी निस्किए पनि हाइपोथालामसलाई उत्तेजना गरी प्रोस्टाग्लाण्डीनद्वारा शरीरको तापक्रम वृद्धि गराई जरो आउँछ । सङ्क्रमणले शरीरको कोषिकामा पाइरोजेन उत्पन्न गराई मस्तिष्कस्थित ताप नियन्त्रण केन्द्र हाइपोथालामसमा खराबी ल्याई जरोको अनुभव हुन्छ । शरीरको तापक्रम (सामान्य ९८.६ वा ९८ देखि ९९ डिग्री फरेनहाइट) भन्दा बढी भएमा जरो आएको मानिन्छ । 

जरो आफैँमा कुनै रोग नभई यो त अरू कुनै खास रोग वा शरीरमा आउन लागेको अस्वाभाविक परिस्थितिको लक्षण मात्र हो । ९५ प्रतिशतसम्म जरोका कारण पत्ता लाग्ने गरेका छन् भने पाँच प्रतिशत जतिमा कारण थाहा हुन सक्दैन, जसलाई अज्ञात जरो भनिन्छ । जरो आएपछि के कारणले आएको हो भन्ने पत्ता लगाएर उक्त खास रोगको र जरोको उपयुक्त औषधोपचारको साटो आत्तिएर प्रतिजैविकी औषधी खानु हु“दैन ।

जसरी जरो आउने विभिन्न कारण छन्, त्यसरी नै जरो आउने तरिका, जरोको प्रकृति, समय आदिमा फरक छ । जस्तै टाइफाइडमा जरो बिस्तारै बढ्दै बिहानभन्दा सा“झमा बढी हु“दै भ¥याङ जस्तो हुन्छ भने औलोमा विशेष प्रकारको त अन्यमा कुनै दिनमा मात्र, कुनै एक दिन बिराएर त कुनै दुई दिन बिराएर जरो आउने गर्छ ।

प्रायः जरो छोटो अवधि (दुई हप्ताभन्दा कम समयसम्म आउने) आउँछ, जुन प्रमुखतया ब्याक्टेरिया, भाइरस तथा परजीवी आदिको सङ्क्रमणले हुने गर्छ । लामो समयसम्म अर्थात् दुई हप्ताभन्दा बढी समयसम्म आउने जरोको रोग निदान गर्न अप्ठ्यारो पर्छ । सङ्क्रमण, जोर्नीका रोग (बाथ, अटोइम्युन), लिम्फोमा, मायोकार्डियल इनफार्कसन, रगतका विभिन्न खाले क्यान्सर, रोग प्रतिरोध क्षमतामा ह्रास, रगतका रोग, रक्तअल्पता, स्नायुप्रणालीका रोग, वंशानुगत कारण, औषधीको कारण तथा मेटाबोलिक कारण जस्तै थाइरोटक्सिकोसिसमा लामो समयसम्म जरो रहने गर्छ ।

शरीरको तापक्रम ९९ देखि १०० डिग्री फरेनहाइट भए साधारण जरो, ९९.८ देखि १०१ डिग्री फरेनहाइट भए मन्द जरो, १०१ देखि १०३ डिग्री फरेनहाइट भए मध्यम र १०४ डिग्री फरेनहाइटभन्दा बढी भएमा उच्च वा तीव्र जरो भनिन्छ । वृद्धि भएको वा भइरहेको जरोले गम्भीरताको स्तरसमेत सङ्केत गर्छ । 

परजीवीले शरीरका अङ्गलाई असर गर्नुअघि मानिसको शरीरको प्रतिरक्षा संयन्त्रले नियन्त्रण गर्ने कोसिस गर्छ । यदि शरीर बलियो भए शरीरको जित भई रोग लाग्दैन भने शरीर कमजोर भए जिवाणुले जित्छन् र रोगका लक्षण देखा पर्छन् । तसर्थ कुपोषण भएका, क्यान्सर टिबी जस्ता कडा रोगका औषधी खाइरहेका, कलेजो र मिर्गौलाका बिरामीलगायतमा रोगको प्रतिरोधात्मक कमजोर हुने भएकोले जीवाणुले आक्रमण गर्नासाथ रोग लाग्ने सम्भावना बढी हुन्छ ।  

जरोमा टाउको दुख्ने, चिसो लाग्ने, जोर्नी दुख्ने, भोक कम लाग्ने, स्वाद नहुने, खान मन नलाग्ने, वाक्वाकी र कहिलेकाहीँ बान्ता, कब्जियत, थकानलगायत लक्षण देखिन्छ । जरो आउ“दा बिरामी जाडोले काम्ने, सिरक ओढ्ने गर्छ तर तुरुन्तै गर्मीले सिरक फाल्ने गर्छ । त्यसपछि पसिना खलखल आउ“छ । जरोको साथमा अनुहारमा थकान, जिउमा दुखाई हुन्छ । उपरोक्त लक्षणका अतिरिक्त कारण अनुसार अन्य लक्षण देखिने गर्छ । जरोको रोगीमा उन्माद, मानसिक अशान्ति पनि देखिन सक्छ ।

जरोको प्रकार, सुरुवात, प्रकृति, आउने जाने समय, गम्भीरता, बिरामीको आगमन स्थान, जनावरस“गको संसर्ग आदि विषयको जानकारी लिएर जरोको साथै अन्य लक्षण भए नभएको, औषधी लिए नलिएको सोधपुछ गरी शारीरिक परीक्षण गर्नु पर्छ । 

थर्मोमिटरलाई साबुनपानीले वा अल्कोहलले पुछेर मात्र मुखमा वा काखीमा राख्नु पर्छ । शरीरको तापक्रम शरीरमा क्लिनिकल थर्मोमिटर राखेर नाप्ने गरिन्छ । तापक्रम नाप्दा बुढाबुढी र अचेत व्यक्तिको मलद्वारमा, सामान्य वयस्कमा मुखमा वा काखीमुनि, बालबालिकामा मलद्वार, तिघ्रा र पेटबिचको गहिरो भागमा थर्मोमिटर राखी नापिन्छ । अन्यत्रभन्दा मुख र मलद्वारको तापक्रम एकदेखि दुई डिग्री जति बढी हुने गर्छ ।

मुखमा राख्दा १५ मिनेट अघिसम्म तातो वा चिसो सेवन नगरेको तथा काखीमा राख्दा ब्यायाम गर्ने वा नुहाएको १५ मिनेटपछि मात्र थर्मोमिटर राख्नु पर्छ । थर्मोमिटरको टुप्पो भने जिब्रोको तल मुखको पछिको ठाउँसम्म तथा काखीमा मात्र राखेर लिनु पर्छ । मुखको सामान्य तापक्रम ९८.६ डिग्री फरेनहाइट तथा काखीको ९७.६ डिग्री फरेनहाइट हो ।

दुई वर्षमुनिका शिशुको काखीको तापक्रम ९९.८ डिग्री सेल्सियसभन्दा बढी भएमा, दुई वषमाथिका शिशु, बच्चा, वयस्कको काखीको तापक्रम १००.५ डिग्री सेल्सियसभन्दा बढी भएमा, अनियमित श्वास वा श्वास फेर्न असजिलो भएमा, बच्चाले खाना नखाएमा, स्तनपान नगरेमा, घाँटी टेढो पारे वा भएमा, शरीरमा ठुलो बिमिरा आएमा, निरन्तर घाँटीमा खसखस भएमा, निल्न अफ्ठ्यारो भएमा, तीन दिनपछि समेत बान्ता कम नभएमा, रगत, म्युकससँगै पखाला भएमा, पिसाब फेर्न अलि पीडा भएमा, तल्लो पेट तथा एकपट्टीको कम्मर दुःखेमा र बेहोस भएमा तुरुन्तै डाक्टरलाई देखाउन पर्छ । 

जरो आएको बिरामीलाई हावा आहोरदोहोर गर्ने कोठामा राख्नु पर्छ । अनावश्यक बाक्लो लुगा हटाई खुकुलो, सुतीको लुगा लगाइदिनु पर्छ । आवश्यक परेमा सिरक प्रयोग गरे पनि बेर्नु हुँदैन । शरीरलाई बिस्तारै मालिस गर्ने, टाउको तथा निधारमा चिसोपानी राखी जरो घटाउन सकिन्छ । मनतातो स्वच्छ पानीमा रुमाल भिजायर शरीरका पैताला र हत्केला पुछिदिनु पर्छ । एक एक घण्टा वा चार चरा घण्टामा जरो नाप्नु पर्छ । सम्भव नभएमा कम्तीमा दिनको चार पटक नाप्नु पर्छ । बिरामीलाई विशेष गरी बच्चालाई एक्लै छाड्नु हुँदैन । रोगीलाई प्रशस्त मात्रामा तरल पदार्थ दिनु पर्छ । झोल, सुप, फलफूलको रस, ग्लुकोज पानी, जाउलो, भातको माड पटक पटक दिनु पर्छ । सजिलै पच्ने जाउलो, साबुदाना, दुध, रोटी, ब्रेड खान दिनु पर्छ । सानो बच्चा भए कुपोषण हुन नदिन पोषणयुक्त खाद्यपदार्थ र आमाको दुध खुवाउनु पर्छ । धेरै चिसो कोठामा नराख्ने, गर्मी हुने भोजन नगराउने र धेरै समयसम्म चर्को घाममा पनि राख्नु हुँदैन । केही र्भारस सङ्क्रमण डेङ्गु, एलो फिवर, क्रिमियन कङ्गो, हेमोरेजिक फिवरले रक्तश्राव गराउने भएकाले ब्रुफिन, एस्प्रिन जस्ता नदुख्ने औषधी प्रयोग गर्नु हुँदैन । प्यारासिटामोल खुवाउँदा ठिक नभए औषधी खुवाएको २५ मिनेटपछि मात्र पानीपट्टी दिन सकिन्छ ।

कतिपय अवस्थामा शरीरले रोगस“ग लडी जरो आफैँ ठिक हुन्छ भने केहीमा खास रोग पत्ता लगाई रोग निको नहु“दासम्म जरो ठिक हुँदैन । त्यसैले जरो आउने बित्तिकै औषधी खानु हु“दैन । कारण पत्ता लगाउनु पर्छ । भाइरल सङ्क्रमण रोकथामका लागि केही खोप छन् तर ती ज्यादै महँगा छन् । यस्ता खोप केही विकासक्रममै पनि छन् । एक हप्ताभन्दा बढी जरो आइरहे ब्याक्टेरियाको सङ्क्रमण हुन सक्ने सम्भावना हुन्छ । त्यसैले चिकित्सकको सल्लाहमा एन्टिबायोटिक सेवन गर्नु पर्छ ।