बिष्णुप्रसाद पोखरेल
दमक, साउन १० गते । झापामा शनिबार बिहान भएको सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्गको दमक–४, चियाबगान सडकखण्डमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश न.१–०१–००१ ख. ४३६३ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री दमक–४ बस्ने ६० वर्षीय सोमबहादुर विक गम्भीर घाइते बन्नुभएको थियो ।
घाइतेको उपचारको क्रममा बिहान साढे ७ बजेतिर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस चालकसहित बसलाई नियन्त्रण लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।