काठमाडौँ, साउन १० गते । नेपाल पौडी सङ्घको आयोजनामा प्रथम अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी २ दिने प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सदस्य सचिव घिसिङले पौडीको विकास विस्तारमा विद्यालय र अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
प्रतियागयतामा दुई सय ५० खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताले विद्यालय तहमा पौडी खेलको विकासमा सहयोग पुग्ने विश्वास रहेको सङ्घका सदस्य एवं प्रतियोगिता संयोजक मुखिया लामाले बताउनुभयो ।
पहिलो दिन २६ स्पर्धाको फाइनल भयो । पहिलो दिन भएका स्पर्धाका विजयी खेलाडीलाई नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठ, प्रतियोगिता संयोजक मुखिया लामा र मातृका अस्पतालका प्रबन्ध निर्देशक सोना प्रधानलगायतले पुरस्कार प्रदान गर्नुभयो ।