चित्रकुमार मिजार
सिन्धुपाल्चोक, साउन १० गते । तेक्वान्दो खेल प्रशिक्षक तथा पाँचौं डान रोहिन्द्र विक्रम खड्का नेतृत्वमा राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपाल सिन्धुपाल्चोक जिल्ला सङ्गगठन भएको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष महेश्वर फुयाँलको उपस्थितिमा शनिबार खड्काको अध्यक्षतामा चार वर्षे कार्यकालका लागि नौ सदस्य जिल्ला कार्यसमिति सर्वसहमतले चयन भएको हो ।
उपाध्यक्षमा प्रदीप तामाङ, सचिवमा कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रोजिना कार्की, सदस्यहरूमा बासुदेव भुजेल, मन्दिरा पहरी, राजीव कार्की, सुजन श्रेष्ठ र सूर्य खड्का सर्वसहमत निर्वाचित हुनुभएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि तथा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले तेक्वान्दो खेल क्षेत्र लगायत समग्र खेलकुद विकासमा गापा लाग्ने जानकारी दिनुभयो ।
केन्द्रीय अध्यक्ष फुयाँलले राज्यले सबै खेलकुदलाई समान रूपमा हेर्नु पर्ने बताउँदै जिल्ला सङ्घको विकासमा सिन्धुपाल्चोकका सबै स्थानीय सरकारको साथ सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
बागमती प्रदेश राष्ट्रि तेक्वान्दो सङ्घका अध्यक्ष ईश्वर सापकोटाले तेक्वान्दोका अध्यक्षतामा जिल्ला सङ्घ गठन भएको बताउनुभयो ।
उक्त अवसरमा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ प्रदेश सभा ‘ख’ का सभापति देवेन्द्र खड्का, नेपाली कांग्रेस सुनकोशी गापा सभापति रूपकाजी लामा नेकपा एमाले सुनकोशी गापा कमिटी अध्यक्ष रामहरि खड्कालगायतले सङ्घको गतिविधि पारदर्शी र खेलकुदमय हुनुपर्नेमा जोड दिनुभयो ।