ज्ञानु पंगेनी
मध्यविन्दु, साउन १० गते । नवलपरासीपूर्व (नवलपुरको) विनयी त्रिवेणी गाउँपालिका–४, सर्दीमा एक जना वृद्ध खोलामा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसर विनयी त्रिवेणी–४, डुम्रेई खोलामा ७७ वर्षीय रेवनसिंह खङ्गाहा मृत अवस्थामा फेला पर्नुभएको हो ।
विनयी त्रिवेणी गाउँपालिका–३, चिसापानी बस्ने उहाँ हिजो दिउँसो घरबाट बगैँचातर्फ जान्छु भनि निस्केको र बेपत्ता हुनुभएको थियो । उहाँ शनिबार खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो । ।
विनयी त्रिवेणी–४, का वडाध्यक्ष साहिल श्रेष्ठले प्रहरीलाई खबर गरेपछि प्रहरी उक्त स्थानमा पुगी घटनास्थल सुरक्षित राखी घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।