राजपुर गाउँपालिका –६ खाङ्ग्रा गाउँबिचमै एउटा इनार छ । सोही इनारको पानी गाउँलेले पानी प्रयोग गर्दैआएका छन् । प्रत्येक वर्ष गर्मीयाममा भने इनार सुक्ने गर्दछ । इनार सुकेपछि गाउँनजिक रहेको खोलाको पानी पिउँछन् ।
हेटौँडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधवार दिउँसो हेटौँडा –११, गोल्पिङटारमा करेन्ट लागेर ५८ वर्षीय मन्ताज मियाको मृत्यु भएको हो ।
पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा प्रकाशित समाचार, लेख, रचनाहरूमध्ये ४० प्रतिशतमा शब्दहरू अपाङ्गतामैत्री नभएको सर्वेक्षणले देखाएको छ ।
गायक प्रताप दास र गायिका रोजिना बस्नेतको मस्त जवानी बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भोलानाथ पाठकको शब्द रहेको गीत ‘मस्त जवानी’मा मनोहर सुनामको एरेन्ज तथा संगीत छ। गीतकार भोलानाथ भिडियोका निर्मातासमेत हुनुहुन्छ।
इरानी नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीको चिकित्सा आधारमा तेहरानको जेलबाट तीन हप्ताका लागि अस्थायी रिहाइ अपर्याप्त रहेको उहाँको परिवार र समर्थकहरूले बताएका छन् । उनीहरूले मोहम्मदीको असीमित स्वतन्त्रताको माग गरेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासले रोजगारीका थुप्रै अवसर प्राप्त हुने बताउनुभएको छ।
प्यालेस्टिनी अधिकारीहरूले हमास र फतह युद्धपछि गाजा क्षेत्रको व्यवस्थापन गर्न राजनीतिकरुपमा स्वतन्त्र प्राविधिक सदस्यहरूको कमिटी नियुक्त गर्न निकै नजिक रहेको बताएका छन् ।
साहित्यकार प्रा.डा मोहनप्रसाद तिमल्सिनालाई अमेरिकाको वासिङ्टन डिसीमा अभिनन्दन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी च्याप्टरले तिमल्सिनालाई हालै अभिनन्दन गरेको हो ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गर्नुभएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले बेइजिङमा आज आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्र अझै पनि पर्याप्त लगानी भइनसकेकाले लगानीका लागि आग्रह गर्नुभयो।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले वरिष्ठ साहित्यकार विष्णु पादुकालाई सम्मान गरिएको छ।
कैलालीको घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव सुरु भएको छ।
टोकियोका गभर्नरले अभिभावकत्वलाई प्रोत्साहित गर्ने राष्ट्रव्यापी प्रयासअन्तर्गत राजधानीमा सरकारी कर्मचारीका लागि चार दिनको कार्यसप्ताह सुरु गर्ने प्रस्ताव गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र धनगढी र टिकापुरका विभिन्न सञ्चार गृहलाई सञ्चारिका समूहले साझा मागपत्र बुझाइएको छ।