ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् ।
यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताउनुभयो ।
तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडक दश दिन बन्द गरिने भएको छ । उक्त मार्गको बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले दश दिन बन्द गरिएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गर्नुभएको छ ।
लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौटाबाट १३ ग्राम १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कर्णाली प्रदेशका गरिब तथा विपन्न घरपरिवारका लागि सहुलियतमा ढुवानी हुँदै आएको नुन सुगमको ठाउँ सुर्खेतमा खपत हुने गरेको छ ।
जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो ।
जिल्लामा सुन्तलाखेती प्रवद्र्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ ।
विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो ।
स्कुल बसको ठक्करबाट कैलालीमा एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१० चुहास्थित भित्रि सडकखण्डमा स्कुल बसको ठक्करबाट जोशिपुर गाउँपालिका–७ बस्ने ३० वर्षीय एकतन चौधरी गम्भीर घाइते हुनुभएको थियो ।
नाबालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका – ४ स्थायी घर भएका ५५ वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
सच्चा र असल मित्र आफैँ मात्र एक्लै अगाडि बढ्न चाहँदैन ।
स्थानीय तह उपनिर्वाचनको मत परिणाम सार्वजनिक भएपछि यसले धेरै दलको भविष्यमाथि प्रश्न गरेको छ ।
जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । र्सिह एण्ड ब्रदर्स निर्माण सेवा प्रालीको प्रदेश ३–०१–०२३च ४७१९ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका १० नुवागाउँ नजिकको मोडमा दुर्घटना भएको हो ।
नेपालमा सञ्चालित सरकारी कार्यक्रममध्ये सबैभन्दा बढी लोकप्रिय बनेको कार्यक्रम स्वास्थ्य बिमा हो ।