गतसाल मात्र निर्माण सम्पन्न भई सुचारु भएको कोशी राजमार्ग अन्तर्गत धरान–इटहरी सडक खण्डको विभिन्न स्थानमा भत्किन थालेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले स्याटेलाइट प्रविधिबाट खोलाको क्षेत्राधिकार हेरचाह गर्ने भएको छ । धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रमा रहेको खोलाको क्षेत्राधिकार प्रविधिमार्फत निगरानी गर्ने भएको हो ।
गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताउनुभएको छ ।
कोप –२९ मा सहभागी भएर नेपाल फर्केका सांसद, जलवायु क्षेत्रका विज्ञ तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूले जलवायु वित्तलाई ऋण नभई अनुदानको रूपमा ल्याउनु पर्ने सुझाव दिएका छन् ।
‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको स्तरोन्नति सकिएको छ ।
इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा वौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा परिचित छ ।
विश्व माटो दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘माटोको सुधारः परीक्षण, रेखदेख र उपचार’ नाराका साथ दिवस मनाउन लागिएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले जनाएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा काठमाडौँले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले अपाङ्ग दिवसको अवसरमा नगरपालिकाका १८ जना अशक्त अपाङ्गता भएकाहरुलाई ह्वील चेयर वितरण गरेको छ।
गोरखाको शहिद लखन गाउँपालिका अन्तर्गत पर्ने वडा ४ ताक्लुङदेखि गण्डकी गाउँपालिकाको १ बुटार सडक खण्ड एक हप्ताको लागि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले गृह मन्त्रालय, विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाको निर्देशन अनुसार जिल्लाका सबै सरोकारवाला निकायसँग समन्वय बैठक गरेको छ ।
स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन स्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो ।
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ सुरु भएको छ ।