गोरखा नगरपालिका–५ मा आइतबार भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी सहित डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टी सहित ६ दलको जमानत जफत भएको छ ।
सभामुख देवराज घिमिरेले ताप्लेजुङको ग्रामीण भेगमा रहेको सिनाम बहुमुखी क्याम्पस तथा माध्यमिक विद्यालयमा विभिन्न अक्षयकोष स्थापना गर्ने अक्षयकोषदातालाई सम्मान गर्नुभएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले महिलालाई रोजगार र उद्योगसँग जोड्न सकियो भने मात्र नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नति गर्न सकिने बताउनुभएको छ ।
कर्णालीले घेरेको मुगुको सोरु गाउँपालिका वडा नं–८ स्थित कच्चेकोट । यस स्थानमा तत्कालीन शक्तिशाली कोटे राजाले लामो समय बसेर राज गरेको बुढापाकाको भनाइ छ ।
बाँकेको बैजनाथ गाउँपालिकामा रहेका बरघरहरु बरघर प्रणालीको संरक्षण, प्रवर्धन र विकासका लागि छलफलमा जुटेका छन् ।
बाँसको चोयाबाट आफूले बनाएको छिटुवा धनगढीमा बिक्री गर्न आउनु भएका एक पौरखी ज्येष्ठ नागरिक खुशी अवस्थामा ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले एक महिनामा बाँकेका किसानहरुसँग २२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ ।
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाम (न्वाँगी पर्व) को अवसरमा बिदा दिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताउनुभएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप बढाएको बताउनुभएको छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको बताउनुभएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई एक सय ६८ रनको लक्ष्य दिएको छ ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।