विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार क्षयरोगको परीक्षणलाई पहिलो पटक अघि बढाउन स्वीकृति दिएको छ । क्षयरोगले गत वर्ष १२ लाख ५० हजार मानिसको ज्यान लिएको थियो ।
युक्रेनले रूससँगको युद्धका लागि सैनिक भर्ना उमेर घटाउने महत्त्वपूर्ण सहयोगी संयुक्त राज्य अमेरिकाको आह्वान अस्वीकार गर्ने निर्णय गरेको छ ।
शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम न्यायपालिकालाई आफ्ना कार्यका अतिरिक्त कार्यपालिकाको गैरकानुनी कार्यलाई नियन्त्रण गर्ने महत्वपूर्ण जिम्मेवारी छ ।
हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो ।
इजिप्टमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’ मा नेपाल भोटिङ राउन्डको उत्कृष्ट १० भित्र पर्न सफल भएको छ ।
गुल्मीमा एक कार्यक्रमका सहभागीहरुले सडक बालबालिकाहरुको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । सडक बालबालिकाहरुको उचित व्यवस्थापन हुन नसक्दा विभिन्न घटनाहरु बढ्दै गएकाले उचित व्यवस्थापन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका हुन् ।
लोक तथा दोहोरी गायक चन्द्र शर्मालाई अमेरिकास्थित अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) र कोलोराडो नेपाली घरले सम्मान गरेको छ ।
प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले स्व. श्रीमती अनिता आचार्यको स्मृतिमा संसारमा तिमीलाई...भन्ने गीत युट्युबमार्फत सार्वजनिक गर्नुभएको छ ।
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । यस क्रममा झण्डै पाँच हजार जनाले हवाई यात्रा गरेका छन् ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले दर्शनमा भौतिकवादी र अध्यात्मवादी धारा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय दर्शन दिवस २०२४ का अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभागले ‘समाज विकास र दर्शन’ विषयक विचार–गोष्ठीको समुद्घाटन गर्नुहुँदै कुलपति राईले सो कुरा बताउनुभएको हो ।
काभ्रेपलाञ्चोकको खेतीयोग्य जमिनको माटोमा अम्लीयपना बढी देखिएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपियाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपियाँ ८८ पैसा कायम भएको छ ।
पर्यटन व्यवसायीका अनुसार अक्टोबरदेखि डिसेम्बरसम्म पर्यटनका लागि ‘पिक सिजन’ हो तर यस पटक अघिल्लो वर्ष जस्तो पर्यटक यस क्षेत्रमा अडिन सकेका छैनन् ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।
पाल्पाका विभिन्न स्थानमा सञ्चालित घरबास (होमस्टे) ले पर्यटक आकर्षित गर्न सकेका छैनन् ।