स्याङ्जाको वालिङ नगरपालिकाले कृषि उत्पादनसँगै बजारीकरणमा जोड दिने भएको छ । पालिकाले कृषिमा दीर्घकालीन योजना बनाएर सम्भावना खोज्ने र उत्पादन बढाउने अभियानमा जुटेको हो ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर लागेपछि आगलागीका घटना बढ्न थालेको छ । दैनिक आगलागीका घटना भइरहेका छन् ।
त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान् राम र जगत् जननी जानकीबिच भएको विवाहको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ ।
चालु आर्थिक वर्षको चार महिनामा दाङमा दुई सय ६३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बन्द हुनेमा एक सय नौ उद्योग र एक सय ५४ वटा व्यावसायिक फर्म रहेका छन् ।
सुनसरी जिल्लाको बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करीब ३५ किलोग्राम गाँजासहितको अटो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरू गरिएका तनहुँका तीन सडक समस्याग्रस्त सूचीमा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट सुरू गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालयले समस्याग्रस्त आयोजनाका रूपमा सूचीकृत गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
ऊर्जा तथा सिँचाइमन्त्री दीपक खड्काले जमुनी सिँचाइ आयोजनाको आज स्थलगत निरीक्षण गर्नुभएको छ । गढीमाई मन्दिरमा दर्शनका लागि बारा आइपुग्नुभएका सिँचाइमन्त्री खड्का मन्दिर दर्शनपश्चात जमुनी सिँचाइ आयोजनाको निरीक्षण गर्नुभएको हो ।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु ४९ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई यो अवधिमा रु ७० अर्ब ४४ करोड सङ्कलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो ।
सार्वजनिक स्थान र औपचारिक कार्यक्रममा जातीय छुवाछूत विभेद हुन छाडे पनि व्यक्तिगत र व्यवहारिक रुपमा विभेद कायमै रहेको बताइएको छ । गुल्मीको सदरमुकाम तम्घासमा ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो बतएका हुन् ।
सिन्धुपाल्चोकमा अवस्थित थुप्रै देवीदेवताका प्रसिद्ध मठमन्दिरमध्ये नेपाल–चीनबिचको सिमाना भोटेकोशी गाउँपालिका–१, लिस्तीकोटमा रहेका उग्रचण्डी लिस्ती माई मन्दिर प्रचारप्रसारको कमीले ओझेलमा परेको छ ।
जलवायु परिवर्तनको असरबारे विश्वभर नै चर्चापरिचर्चा चुलिएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी क्यालिफोर्नियाको तटीय क्षेत्रमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
लोकतन्त्रको विकल्प भनेको अझ उन्नत लोकतन्त्र नै हो ।
जीवनको उत्तरार्धमा धार्मिक क्षेत्र देवघाटधाममा जीवन त्याग गर्न पाए मोक्ष पाइन्छ भन्ने विश्वास धेरैलाई लाग्ने गर्छ । यही विश्वासले नै घरगृहस्थी त्यागेर धार्मिक क्षेत्र देवघाटमा आएर कल्पवासमा बस्ने वृद्धवृद्धाको सङ्ख्या बर्सेनि बढ्दो छ ।