नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचको परिणामले पार्टीलाई खासै ठलो क्षति नभएको बताउनुभएको छ ।
दुर्गम गाउँ त्रिपुरासुन्दरी गाउँपालिका–२ चोकटीस्थित बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी निर्माण भएपछि त्यहाँका थामी समुदाय सहित सबै नागरिकमा खुशी फर्किएको छ ।
भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गर्नुभएको छ ।
भारतीय र नेपाली धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसाथ नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण गरिएको छ ।
मकवानपुरको बकैया गाउँपालिका –५ झाँक्रीडाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालकको च्यापिएर मृत्यु भएको छ ।
आजको नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ ।
सुदूरपश्चिम महोत्सवको क्रममा हेलिकोप्टरबाट धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन गराइने भएको छ । कैलाली, कञ्चनपुरको धार्मिक क्षेत्र र खप्तड, रामारोशन, बडिमालिका लगायतको अवलोकन गराउने गरी हेलि टुरको व्यवस्था गर्न थालिएको हो ।
हेटौँडाको बसपार्कबाट बेवारिसे अवस्थामा फेला पर्नुभएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. १० बसपार्क क्षेत्रमा काम गर्दै खादै हिँड्ने अन्दाजी ३५ वर्षीय कन्चन परियार नाम बताउने महिलाको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनायो ।
बाँकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विद्यालयले सेवानिवृत्त हुनुभएकी विद्यालयका एक शिक्षिकालाई एक लाख रुपियाँको सुनको तक्मा दिएर बिदाइ गरेको छ । सो विद्यालयका शिक्षिका पदमा शर्मालाई सुनको तक्मासहित भव्य समारोहकाबिच बिदाइ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमसरा भण्डारीले बताउनुभयो ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरधामवासीलाई शुक्रबार दीपोत्सव मनाउन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री सिंहले विवाहपञ्चमीको अवसरमा शुक्रबारका दिन प्रत्येक घरआँगनमा ११ वा २१ वटा दीप प्रज्वलन गरी महोत्सवको धार्मिकता र सांस्कृतिक ऐतिहासिकतालाई उजागर गर्न आग्रह गर्नुभएको हो ।
भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौं आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।
नेकपा (एमाले)का महासचिव प्रदीप ज्ञवालीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै विकास निर्माणलाई गति दिन मुख्य राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसबिच सरकार सञ्चालन गर्न गठबन्धन भएको बताउनुभएको छ ।
तनहुँमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर वितरणको जिम्मा पालिकालाई दिएपछि सुरु गरिएको हो ।
पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो ।