त्रिवि मैदान कीर्तिपुरमा अहिले लुम्बिनी लायन्सले टस जितेर पहिलो ब्याटिङ गर्दैछ । लुम्बिनी लिगमा दोस्रो र पोखरा तेस्रो खेल खेल्दैछ ।
पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको वान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् ।
प्रदेश लोकसेवा आयोग बागमतीका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मङ्सिर १३ गते आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा सदस्य खड्कालाई पद तथा गोपनियताका शपथ ग्रहण गराउनुभएकाे हो ।
यहाँ पालिएका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएपछि दुई सय बढी बङ्गुर मरेका छन् । ‘स्वाइन फिभर’ सङ्क्रमणका कारण खोरमा रहेका बङ्गुर धमाधम मर्न थालेपछि किसानमा चिन्ता बढेको हो ।
भारतको अन्तरिक्ष एजेन्सी, भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले बिहीवार युरोपेली अन्तरिक्ष एजेन्सीको प्रोबा-३ उपग्रहहरू बोक्ने पिएसएलभि-सि५९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र ८ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताउनुभएको छ ।
स्पेनको मुख्य बिजुली उपयोगिता कम्पनी, इबेरडोलाले पश्चिमी युरोपमा सबैभन्दा ठूलो जलविद्युत पावर प्लान्ट निर्माण गर्ने भएको छ ।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजमाथि रोमाञ्चक जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हरायो ।
नेपालका लागि इजरायलका नवनियुक्त राजदूत श्मुलिक आरी बासले हमास समूहले इजरायलबाट लगेर बन्धक बनाएका नेपाली युवक विपिन जोशीलाई सकुशल छुटाएर नेपाल फर्काउन इजरायलले प्रयास गरिरहेको बताउनुभएको छ ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा अज्ञात रोगका कारण ७१ जनाले ज्यान गुमाएका छन् ।
न्युजिल्यान्डको सबैभन्दा अग्लो हिमाल माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराइले पर्यटकीय विकासको सम्भावनालाई उजागर गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।
चितवन कारागारमा कैदीबन्दीको चाप बढेपछि केहीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनयता ९५ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ ।
विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पब्लिक लिमिटेडले २ सय प्रतिशत लाभांश घोषणा गरेको छ ।