ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रहरी चौकीलाई मोटरसाइकल प्रदान गरेको छ। शान्ति सुरक्षा व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यसहित गाउँपालिकाले फाकुम्बा अस्थायी प्रहरीचौकीलाई एक थान मोटरसाइकल प्रदान गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुग्नुभएको छ।
जिल्ला अदालत कपिलवस्तुका तहसीलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेयविरुद्ध सेवाग्राहीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
भारतको बिहारमा मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाइएपछि नवलपुरको सीमावर्ती क्षेत्रमा मदिरा व्यावसाय फस्टाउँदै गएको छ।
उपसभामुख इन्दिरा राना मगरले बुटवलमा शुक्रबारदेखि सुरु भएको प्रथम मगर साहित्य महोत्सव उदघाटन गर्नुभएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकेमा सञ्चालनमा रहेका र निर्माणाधीन विभिन्न विद्युत सम्बन्धी आयोजनाको स्थलगत निरीक्षण अनुगमन गर्नुभएको छ।
अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौँ आइपुग्नुभएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुक बौद्धनाथको अवलोकन गर्दै ।
युरो स्कुल, गोङ्गबुले कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय महिला फुटबल टोलीकी सरु लिम्बूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
गोरखापत्र संस्थानका वरिष्ठ सहायक शिवनारायण मण्डलको निधन भएको छ । उच्च रक्तचापको समस्या देखिएपछि विराटनगरस्थित आर्या न्यूरो हस्पिटलमा उपचारका क्रममा बिहीबार उहाँको निधन भएको गोरखापत्र संस्थान विराटनगरका प्रादेशिक कार्यालयका प्रमुख राजकुमार गुरुङले जानकारी दिनुभयो ।
कोशी प्रदेशका बालबालिकाहरुको श्रवणशक्ति जाँच तथा उपचारका लागि किओच दमक बाल अस्पतालले पहिलो पटक सुविधायुक्त मोबाइल अडियोमेट्री भ्यान (एम.ए.भि.) सञ्चालनमा ल्याएको छ ।
बडायक दम्पती हत्याको आरोपमा कञ्चनपुर प्रहरीले लालझाडी गाउँपालिका –२ का ५० वर्षीय गंगाराम राना थारुलाई पक्राउ गरेको छ ।
सन्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सूचना, प्रविधिको क्षेत्रमा तीव्र रुपले काम गरिरहेको र अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबले आयोजना गरेको सूचना प्रबिधि मेला २०२४ को शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले त्यस्तो बताउनुभएको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनायो । लुम्बिनीका लागि कप्तान रोहितले अविजित ९५ रन बनाउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाले विवाहपञ्चमीमा अयोध्याबाट आएका जन्तीलगायत अतिथिहरूलाई सम्मान गरेको छ ।
थारु समुदायको ठुलो पर्व लवाङ्गी कैलालीको घोडाघोडीमा शनिबार सम्पन्न भएको छ । पश्चिम तराईका थारुहरुको कुलदेवताको रुपमा रहेको कैलालीको घोरीघोरा देउथानमा सो पूजा धुमधामका साथ सम्पन्न भएको हो ।