ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । फुङ्लिङमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले बालमन्दिरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
काठमाडौंको सोल्टी होटलमा एवन बजार आयोजना हुने भएको छ । एक्टिभ उमन अफ नेपाल (एवन) ले विगत चार दशक यता सञ्चालन गर्दै आएको एवन बजारको २०२४ संस्करण डिसेम्बर ७ अर्थात् मङ्सिर २२ गते आयोजना हुने भएको हो ।
दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा भोलिदेखि यही मङ्सिर २९ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव प्रकाश घिमिरेले बताउनुभयो
प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देश विदेशका पर्यटकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण क्षेत्रमा २२३ प्रजातिका सुनाखरी भेटिएका छन् ।
ऐतिहासिक, पुरातात्वक र सामरिक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर जिल्लाको सदरमुकाम हेटौँडाको बुद्ध चोकबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मिटर उचाइको पहाडी थुम्कोमा अवस्थित छ ।
बागमती प्रदेशमा प्रदेशले ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार यहाँ आयोजना गरेको प्रदेशस्तरीय योजना तर्जुमा गोष्ठीमा मुख्यमन्त्री बहादुरसिंह लामाले योजना बैंक’ स्थापना गर्ने बताउनुभएको हो ।
स्याङ्जाको कालीगण्डकी–७, मिर्मी आँधीमुहानमा बस्दै आएका माझी तथा बोटे समुदायले वर्षौंको पर्खाइमा पनि लालपुर्जा पाउन सकेका छैनन् ।
पर्वतमा प्राविधिक नहुँदा पर्यटन पूर्वाधार विकास योजना कार्यान्वयन नभई अलपत्र परेका छन् ।
दक्षिण कोरियाका विपक्षी दलहरूले बिहीबार राष्ट्रपति युन सुक–योलको आपतकालीन मार्सल लको घोषणा गरेकोमा संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।
छ वटा स्थानीय तह रहेको म्याग्दीमा हालसम्म रघुगङ्गा गाउँपालिकाले मात्र आफ्नै प्रशासकीय भवन निर्माण गरेर सेवा प्रदान गर्दै आएको छ ।
समयमै उपचार सुरु गरेपछि पछिल्ला वर्षहरूमा बाँकेका एचआइभी सङ्क्रमित महिलाले स्वस्थ बच्चा जन्माउन थालेका छन् ।
लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र बुटवललाई उज्यालो सहर बनाउने अभियान थालिएको छ ।
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–७, पिली पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
तनहुँको देवघाट गाउँपालिकाको एउटै वडाबाट तीन करोड बढीको सुन्तला बिक्री भएको छ । वडा नम्बर–३ का किसानले बिक्री गरेका हुन् । बाटक, लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराको बासिन्दाले सो मूल्यभन्दा बढीको सुन्तला बिक्री गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला मङ्गलबार दार्चुलाको शैल्यशिखर नगरपालिका–५, लेकगाउँमा घाँस काट्न साउनलोटे वनमा गएकी ३९ वर्षीय दुर्गा रावल मृत अवस्थामा फेला पर्नुभएको छ ।