जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो ।
फेवातालको किनारमा रहेका जलारी समुदायका लागि माछा मार्ने पेसा पुर्ख्याैली परम्परा मात्र होइन, जीविकोपार्जनको आधार पनि हो । तर, अहिलेका जलारी युवाहरूको रुचि भने पुख्र्यौली पेसाभन्दा वैकल्पिक पेसा एवं रोजगारीतर्फ आकर्षित हुन थालेको छ ।
पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६ अर्ब ७ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ ।
राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण आगामी पुस ६ गते नेपालगन्जमा गर्ने तयारी गरिएको छ । नेपालगन्ज साइक्लिङ्ग क्लबले नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा आयोजना गर्दैआएको राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण प्रतियोगिताको मिति घोषणा गर्दै क्लबका अध्यक्ष प्रदिप सापकोटाले खेलाडीलाई दर्ता गराउन अनुरोध गर्नुभएको छ ।
भारतको औपचारिक भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशीबीच बुधबार साँझ नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
छायाँनाथ रारा नगरपालिका वडा –६ कोटिला गाउँका १६ वर्षीय पाउडर भामका र उहाँका ११ वर्षीय भाइ लालबहादुर भामले गाउँको घरमा ६० भेडा पाल्दै आउनुभएको छ ।
झापाको दमक वडा नं. ३ मा निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको धरहराभन्दा अग्लो दमक भ्यू टावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स) को उद्घाटन हुने भएको छ । स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योलता सिर्जना भइरहेको समयमा यसको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसहित उद्घाटन हुन लागेको हो ।
हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड बराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा छ जना उम्मेदवारको जमानत जफत भएको छ । यही मङ्सिर १६ गते सम्पन्न भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित तीन स्वतन्त्र उम्मेदवारको एक हजार रुपियाँ जमानत जफल भएको हो ।
ओखलढुङ्गामा एक आर्थिक वर्षको अवधिमा ६१ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि जनकपुर बोल्ट्सलाई एक सय ३९ रनको सामान्य लक्ष्य दिएको छ ।
सप्तकोशी नदीको चतरा पुल क्षेत्रमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल हुँदै आएको छ । पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गका रूपमा बनेको पुल आकर्षक पर्यटकीय स्थल बन्दै आएको छ ।
फ्रान्सका प्रधानमन्त्री मिशेल बार्निये पदमुक्त हुनुभएको छ । फ्रान्समा सन् १९६२ पछि पहिलो पटक अविश्वास प्रस्तावबाट सरकार ढलेको हो । अविश्वास प्रस्ताव बहुमतले पास भएपछि प्रधानमन्त्री बर्निये पदमुक्त हुनुभएको छ ।
ताप्लेजुङको हिमाली बस्ती लेलेपको घुन्सा र पापुङको तोक्पेगोलाका बासिन्दाले चिसो छल्न गाउँ छाड्न थालेका छन् । माथिल्लो भेगमा चिसो बढ्न थालेपछि यहाँका बासिन्दाले गाउँ छाड्न थालेका हुन् ।