नेपालको संविधानले सङ्घीय सरकारलाई नीति निर्माण, नियमन तथा ठुला र बृहत् प्रभाव पार्ने आयोजना तर्जुमा एवं कार्यान्वयनको जिम्मेवारी दिएको छ । प्रदेश तह विकास निर्माणको प्रमुख तह हुने र स्थानीय तह सेवा प्रवाहको पहिलो विन्दु हुने परिकल्पना गरेको छ ।
देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । सरकारले महिला माथि हुने सबै खाले हिंसा विभेद, दुर्व्यवहार अन्त्यका लागि मङ्सिर १० देखि २५ गतेसम्म हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको अभियान चलाउँदै आएको छ ।
सङ्गठित संस्थाहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न पुँजीको आवश्यकता पर्छ ।
गायक हिमाल राईले आफ्नो नयाँ गीत ‘छेकामारी’ सार्वजनिक गर्नुभएको छ । किराँत भाकामा आधारित गीतमा राजन मुकारुङको शब्द र विक्रम राईको सङ्गीत रहेको छ ।
लुम्बिनी प्रदेशमा पुनर्स्थापना गृह निर्माण गरिने भएको छ । लैङ्गिक हिंसा प्रभावितहरुलाई लक्षित गरी लुम्बिनीमा पुर्नस्थापना गृह निर्माण गर्न लागिएको हो ।
स्वारसम्राट् नारायणगोपालको ३४ औँ स्मृति दिवसमा बुधबार एक कार्यक्रम गरी उहाँको सम्झना गरिएको छ ।
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार नीर शाहलाई प्रदान गर्ने भएको छ ।
साङ्गीतिक छोटो चलचित्र ‘कोठा’ सार्वजनिक गरिएको छ । काठमाडौँमा रहेको एभरेस्ट फिल्म एकेडेमीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र सार्वजनिक गरिएको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपियाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपियाँ ८९ रहेको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र उद्योगको विकासका लागि छिटोछरितो तरिकाले काम सम्पन्न गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जानुभएको थियो ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आगामी पुस १० भित्र विद्युत् उत्पादन सुचारु गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
शिलान्यास भएर पनि जग्गा विवादका कारण चार वर्षअघिदेखि रोकिएको बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच पुनः सुरु भएको छ ।
भुक्तानी सेवाप्रदायकले सञ्चालन गरेको वालेटमा ग्राहकले सम्बन्धित भुक्तानी सेवाप्रदायकबाट नियुक्त आधिकारिक प्रतिनिधिमार्फत प्रतिदिन अधिकतम २५ हजार र प्रतिमहिना अधिकतम एक लाख रुपियाँसम्म नगद जम्मा गर्न पाउने भएका छन् ।
नेपालमा चिनियाँसहित विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् ।