विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि सनसनीपूर्ण जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेटले हरायो ।
दाङमा किसानले उत्पादन गरेको दुधले बजार नपाएपछि फाल्न बाध्य भएका छन् । शान्तिनगर गाउँपालिका–२ बाघमारेस्थित दीप कृषि सहकारी संस्थामा भण्डारण गरिएको भैँसीको दुध बिक्री नभएपछि फाल्न बाध्य भएका हुन् ।
अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बब्लु शिवाकोटीले एसियाली पुलिस तेक्वान्दो च्याम्पियन्सीपमा निर्णायकको भूमिका निर्वाह गर्नुहुने भएको छ ।
जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ। यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेङ्गीको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित केही दिनदेखि नेपालगन्जमा रहनुभएको छ । सोमबार राति नेपालगन्ज पुग्नुभएका पूर्व राजा ज्ञानेन्द्रसहित पूर्व राजपरिवारका सदस्यहरू करिब एक महिनासम्म यहाँ बस्नुहुने राप्रपा नेपालका सह–महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले युवा लक्षित कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ।
जलवायु परिवर्तनले कृषिमा ठुलो असर गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभाग र पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सो अध्ययनबारे जानकारी गराइएको हो ।
चलचित्र विकास बोर्डले देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक गरेको छ। बोर्डले एक सूचना जारी गर्दै नेपालभर एक सय ६६ चलचित्र भवन रहेको तथ्याङ्क सार्वजनिक गरेको हो।
चीनको औचापरिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताउनुभएको छ।
काठमाडौँ महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नगरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि विराटनगर किङ्ग्सलाई एक सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तीकरणकी अभियन्ता सांसद भगवती चौधरी सम्मानित हुनुभएको छ ।
धरानबाट लागु औषध गाजा ७ सय केजीसहित २ वटा सरकारी गाडी र एक जना पुरुष पक्राउ परेका छन् ।
स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ ।
नेपाल र चीनबिच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ ।