बागमती प्रदेशमा बागमती प्रदेश सरकार मन्त्रीपरिषद् बैठकबाट निर्णय गराइने मन्त्रालयको प्रस्तावमा अङ्कुश लगाउने गरी तयारी गरिएको छ । प्रदेशका मन्त्रालय हुँदै मन्त्रीपरिषद्मा आएर निर्णय भएका प्रस्ताव विवादित बन्न थालेसँगै मन्त्रालयको प्रस्तावमा अङ्कुश लगाउने तयारी गरिएको हो ।
पछिल्लो समय इटहरी क्षेत्रमा सवारी दुर्घटनाहरु बढी रहेको तर्फ मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले ट्राफिक प्रहरीसँग समन्वय गरेर सवारी दुर्घटना नियन्त्रणका लागि अभियान सुरु गरेको छ ।
बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकामसँग जोड्ने बेनी–पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका–९ घतानमा सडक स्तरोन्नति प्रारम्भ भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
हेटौँडा उपमहानगरपालिका–६ मा शौचालय जाँदा लडेर एक युवकको मृत्यु भएको छ । हेटौँडा–६ कल्यानटार बस्ने अन्दाजी २८ वर्षीय उद्धव राईको मङ्गलबार साँझ लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै जिल्लामा ‘विषादी सचेतना अभियान २०८१’ सुरु गरेको छ ।
सरकारले ऊर्जा क्षेत्रको विकास र लगानी विस्तारका लागि अगाडि सारेको जनताको जलविद्युत् कार्यक्रमलाई थप परिस्कृत गरेर अगाडि बढाउने भएको छ । कूल चार हजार पाँच सय मेगावाट क्षमताका २२ आयोजनालाई सो कार्यक्रममा समावेश गरिएको छ ।
कैलालीमा बाक्लो हुस्सु लाग्न सुरु भएको छ । पछिल्लो केही दिनदेखि चिसो बढ्दै गएपछि हुस्सु लाग्न थालेको हो ।
सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो ।
कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका सामुदायिक विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण थालेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।
नेपालगन्जमा पछिल्लो समयको प्रमुख समस्याको रुपमा रहेको छ, ई–रिक्सा व्यवस्थापन । नगरमा चल्ने ई–रिक्साको व्यवस्थापन नहुँदा दैनिक जस्तो दुर्घटना भइरहेको छ । नेपालगन्ज नगरमा ई–रिक्सा दुर्घटनामा ज्यान गुमाउने सङ्ख्या बढिरहेको छ ।
स्थानीय तहको पुनर्संरचना भएको सात वर्ष बितिसक्दा पनि दरबन्दी अनुसारका प्राविधिक र अन्य कर्मचारी नहुँदा करारका प्राविधिकका भरमा करोडौँ रुपियाँका योजना सम्पन्न गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारा सुन्तला खेतीको लागि प्रख्यात मानिन्छ । यहाँका ६० प्रतिशत नागरिक सुन्तला खेतीमा आवद्ध छन् । पिपलधारामा कुल दुई हजार रोपनी जग्गालाई सुन्तला पकेट क्षेत्र निर्धारण गरिएको छ ।
लोकतन्त्र जनमतमा आधारित शासनव्यवस्था हो ।