चिचिला गाउँपालिकाबाट गत वर्षसम्म नै कृषकको मागबमोजिम कागती, सुन्तला, एभोकाडोलगायतका बिरुवा बाँडियो । रोजगार सेवा केन्द्रमार्फत बेरोजगार सूचीमा रहेकालाई बर्सेनि न्यूनतम एक सय दिनसम्म रोजगारीसमेत दिइयो ।
हुप्सेकोट गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा अवस्थित छ । साबिकको हुप्सेकोट देउराली र धौवादी गाउँ विकास समितिलाई समेटेर बनाइएको हो । यस गाउँपालिका १८९ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पूर्वमा कावासोती र देवचुली नगरपालिका, पश्चिममा मध्यबिन्दु नगरपालिका र पाल्पा जिल्ला, उत्तरमा बुङ्दीकाली गाउँपालिका र पाल्पा जिल्ला, दक्षिणमा कावासोती र मध्यबिन्दु नगरपालिका पर्छ । यस गाउँपालिकामा रमणीय र पर्यटकीय महत्व बोकेका ऐतिहासिक गढी, दरबारका साथै ताल, पोखरी, मठमन्दिर एवं हरिया डाँडाकाँडा छन् । त्यस्तै लोपोन्मुख घोरल तथा अन्य विविध पशुपन्छीको बा
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले जानकारी दिनुभयो ।
पाल्पा अस्पतालको भवन निर्माणका लागि आएको रकम हरेक वर्ष फिर्ता हुने गरेको छ । विगत तीन वर्षदेखि अस्पताल निर्माणका लागि आएको करोडौँ रकम फिर्ता हुने गरेको हो । भवन निर्माणका लागि जग्गा व्यवस्थापन हुन नसक्दा आएको रकम खर्च हुन नसकेको हो । आर्थिक वर्ष २०७८/७९ देखि लगातार भवन निर्माणका लागि रकम विनियोजन हुने गरेको छ तर तीन वर्षदेखि रकम फिर्ता हुँदै आएको पाल्पा अस्पताल प्रशासनले जनाएको छ । भवन निर्माण गर्न जग्गा व्यवस्थापन गर्न नसक्दा सङ्घीय सरकारबाट भवन निर्माणका लागि विनियोजन भएको रकम फिर्ता हुने गरेको पाल्पा अस्पताल प्रशासन शाखाका प्रमुख सुशील ज्ञवालीले बताउनुभयो ।
नाम्खा गाउँपालिका–६, हिमालपारिको गाउँ लिमीको तिलगाउँमा बेलुका ५ बजेपछि स्थानीयले बाहिरबाट आउने जोकसैलाई पनि घर प्रवेशमा रोक लगाउने गरेको पाइएको छ । गाउँवासीले व्यक्तिगत सुरक्षाको कारण देखाउँदै सो समयपछि घर प्रवेशमा रोक लगाउने गरेका हुन् । चार दिनअगाडि तिलगाउँ पुगेका कर्मचारी तुलबहादुर तामाङले साँझ ७ बजे हिल्साबाट तिल गाउँ पुगेको भए पनि स्थानीयले बास बस्न नदिएको गुनासो गर्दै सामुदायिक भवनमा बस्नु परेको बताउनुभयो । उहाँसहित चार जनाको समूह हिल्साबाट तिलगाउँ बास बस्ने गरी गएको थियो ।
जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्गको प्रिफिजिबिलिटी (पूर्वसम्भाव्यता) अध्ययनको काम सकिएको छ । करिब एक वर्ष लगाएर आयोजनाको ‘प्रिफिजिबिलिटी’ अध्ययनको काम सकिएको सडक विभागले जनाएको छ । २०८० साल जेठमा सुरुङमार्ग निर्माणका लागि प्रिफिजिबिलिटी अध्ययनको काम सुरु गरिएको हो । २०७८ सालमा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी रुकुमपश्चिमले त्यसका लागि स्थानसमेत उपयुक्त रहेको भन्दै रिपोर्ट तयार गरेको थियो ।
कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले औद्योगिक विकास र पर्यटन प्रवर्धनमा जोड दिएको छ । आगामी आर्थिक वर्षका लागि पर्यटन पूर्वाधारका योजनालाई आवश्यकताका आधारमा निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । रोजगारीमा आधारित उद्योगलाई प्रवर्धन गर्ने, उद्यमशीलता विकास तथा महिला आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्नेलगायत कार्यक्रमलाई आगामी आवमा सञ्चालन गरिने भनाइ मन्त्रालयको छ । आगामी आवको बजेटमा केही नयाँ खालका कार्यक्रम राखिएको मन्त्रालयका योजना तथा अनुगमन शाखा प्रमुख रेनुका न्यौपानेले जानकारी दिनुभयो । उहाँले पर्यटन प्रवर्धनका लागि प्रमुख पर्यटकीय स्थलको संरक्षण र संवर्धन गर्न पर्यटन गुरुयोजना निर्माण गर्ने बताउनुभयो ।
बार्जुगाड खोलामा पुल निर्माणको काममा ढिलाइ भएको छ । २०७६ साल असारसम्म काम पूरा गर्ने गरेर २०७२ साल असारसम्म निर्माण सक्ने सम्झौता गरिएको थियो । दुई करोड रुपियाँको लागतमा पुल निर्माण कार्यको जिम्मा लिएको साउद एडभेन्चर जेभी कम्पनी पुल निर्माण कार्यमा बेखबर बनेको छ । निर्माण कम्पनीकै चरम लापर्बाहीका कारण पुल निर्माणमा ढिलाइ भएको आरोप स्थानीयको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहान प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले एसइईको नतिजा बिहीबार बिहान १० बजेसम्ममा प्रकाशन हुने जानकारी दिनुभयो ।
दिक्तेल–साप्सुखोला सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएपछि साकेला गाउँपालिकाका बासिन्दाले श्रमदान गरेका छन् ।
फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहले मुलुकको अवस्थितिको बारेमा विश्लेषण गर्दै ‘दुई विशाल ढुङ्गाबिचको तरुल’ को संज्ञा दिनुभएको सन्दर्भ दिव्योपदेशमा उल्लेख छ । तीनतिर भारत र उत्तरमा विशाल चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको आकारमा सानो मुलुक भएर पनि इतिहासका अनेक कालखण्डमा भएका लडन्त भिडन्तमा कहिल्यै कसैको अधीनस्थ नभई स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न मुलुक रहेको गौरवपूर्ण इतिहासले विश्वमा नेपाली जातिको उच्च सम्मान कायम छ । यिनै ठुला दुई छिमेकी यतिबेला विश्व अर्थतन्त्रमा प्रभावशाली स्थापित हुनु नेपालका लागि सुखद पक्ष हो । दुवै मित्रष्ट्रद्वारा नेपालको समृद्धि
नेपालको अधिकांश बसोबास र आर्थिक मेरुदण्ड ग्रामीण क्षेत्र नै हो । भूराजनीतिक अवस्थिति, आर्थिक स्रोत र सम्भाव्यताको दृष्टिकोणले पनि ग्रामीण क्षेत्र महत्वपूर्ण छ । मौलिकतामा आधारित कृषि क्षेत्रको विकास नगरी देशको विकास पनि हुँदैन । हामीले लक्ष्य निर्धारण गर्नु पर्छ । हामी ग्रामीण क्षेत्रबाट सहरमा बसाइ सरेका छौँ, कतिपय सहर र ग्रामीण क्षेत्रबाट विदेश गएर पनि बसेका छौँ । जहाँ बसेका छौँ त्यहाँको नागरिकता पाउनुमा आफूलाई गर्व गर्छौं । हामीसँग भएको ज्ञान, सिप, अनुभव र पुँजी ग्रामीण क्षेत्रमा भित्रयाएर कृषि तथा अन्य क्षेत्रमा विकास गर्ने लक्ष्य निर्धारण गर्न सकेका छैनौँ । विदेशमा बसेर, सहर पसेर, नेताहरूलाई गाली गरेर ग्रामीण क्षेत्र वा देश बन्दैन ।